नाटक ‘बितेका कुरा’ मञ्चन सम्पन्न, नियमित नाटक मञ्चन गर्ने अभियानमा उत्साह


राजाराम पौडेल, पोखरा – पोखराको ग्रैहपाटनमा सञ्चालनमा आएको पोखरा थिएटरको गन्र्धव नाटकघरमा गत जेठ ३ गतेबाट मञ्चन भएको नाटक ‘बितेका कुरा’ मञ्चन शनिबार सकिएकोे छ । १७ दिनको अवधिमा मञ्चन भएको यो नाटकप्रति नाटक हेर्ने दर्शकले गरेको सकारात्मक प्रतिक्रियाका कारण उत्साहित बनेको थिएटर टिमले जनाएको छ ।


रुपनारायण सिँहले लेखेको नाटक पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीको निर्देशनमा मञ्चन गरियो । कार्कीले यसै नाटकबाट निर्देशनमा डेब्यु गरे । उनको् निर्देशकिय क्षमतालाई समेत नाटक हेर्ने दर्शकले रुचाए ।


नाटकमा पुराना रंगकर्मी प्रकट पंगेनी शिव देखि दिलप्रसाद गुरुङ, धुर्व पौडेल, बबिता मल्ल ठकुरी, प्रसुना भण्डारी, सम्झना सिर्पाली, शरद भण्डारी, सुर्य सुवेदी, रोशन ज्ञवाली, सौरभ तिम्सिना, सिम्रन पौडेलको अभिनय थियो । उनीहरुले दर्शकलाई आफ्नो अभिनय कलाको माध्यमबाट आर्कषित गर्न सफल भए । एक घण्टा लामो नाटकमा हाम्रो समाजमा घट्ने घटनालाई यथार्थचित्रण गरिएको थियो । पछिल्लो समयमा नेपाली परिवेशमा देखिन थालेको यथार्थतालाई नाटक मार्फत देखाउन खोजेकोले नाटकले दर्शकको मन जित्न सफल बन्यो ।


यसअघि पोखरा थिएटरको पहिलो प्रस्तुतीमा नाटक सिरुमारानी मञ्चन भएको थियो । पोखरा थिएटर सञ्चालमा आएपछि नाटक बितेका कुरा सम्म आइपुग्दा यहाँ विभिन्न ठाउँका १५ नाटक मञ्चन भइसकेका छन् ।


दर्शकको साथ सर्पोटले नियमित नाटक मञ्चन गर्ने अभियानमा उत्साह थपिएको पोखरा थिएटरका सञ्चालक दिल प्रसाद गुरुङले बताए । अब छिट्टै थिएटरको प्रस्तुतीमा अर्को नाटक मञ्चन गर्ने तयारीमा आफुहरु लागेको गुरुङले जनाए ।
नयाँ पुस्तालाई थिएटर हलसम्म तान्ने अभियानमा थिएटर लागेको पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीले बताए । पोखरेलीको सपनाको रुपमा रहेको पोखरामा नाटकघर सञ्चालन गर्ने कार्य पुरा भएपनि यस तर्फको आर्कषणलाई बढाउदै वर्षौसम्म नाटकघरलाई टिकाउन नाट्यप्रेमीको साथ सहयोग आवश्यक पर्ने उनले बताए । साथै थिएटरले नाटक मञ्चनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पु¥याउने सबैप्रति आभार प्रकट गरेको छ ।


थिएटरले अब नाट्य क्षेत्रमा अगाडी बढ्न चाहने नव प्रतिभालाई लक्षित गरी ४ महिने थिएटर अभिनय कार्यशाला सञ्चालन गर्न लागेको जनाएको छ । यसको लागि फम खुलेको र अडिसन जेठ २६ गते हुने थिएटर अध्यक्ष कार्कीले जनाए ।