स्पेनमा गरियो वाम पार्टी एकताको स्वागत


बार्सिलोना। एमाले र माओवादी बीच भएको पार्टी एकीकरणलाई प्रबासी नेपाली मञ्च स्पेन र जनप्रगतिशील मञ्च स्पेनले स्वागत गरेका छन्।शुक्रबार दुवै संगठनले संयुक्त बिज्ञप्ति जारी गर्दै पार्टी एकताको स्वागत गरेका हुन्। अध्यक्ष द्वय हेम शेर्पा र अर्जुन आचार्यले बिज्ञप्ति जारीसँगै स्पेनमा पनि एमाले र माओवादी सम्बद्ध संगठनहरु एकीकरणको आन्तरिक गृहकार्यमा जुटदै गरेको संकेत दिएका छन्।

“एकता नै बल हो। फुटको राजनीतिले देशलाई कदापी निकास नदिएको ईतिहास साक्षी छ। यसै मुल्य र मान्यतालाई मध्यनजर राख्दै ऎतिहासिक पार्टी एकताको स्वागत गर्दै पहल गर्ने सबैलाई धन्यबाद दिन्छौ” बिज्ञप्तिमा उल्लेख छ।