ख्यातिप्राप्त कलाकारकाे जमघटमा आँधिखोला साँझ २०७५ को आयोजना


राजाराम पौडेल,पोखरा – जेठ २५ गते शुक्रबार राष्ट्रिय सभा गृह भृकुटी मण्डप काठमाण्डौमा आँधिखोला साँझ २०७५ को आयोजना हुँदैछ ।

कार्यक्रममा ख्यातिप्राप्त कलाकारको प्रस्तुती विशेष आर्कषणको रुपमा रहनेछ । यसरी प्रस्तुती राख्नेमा लोक दोहोरी गायक पुरुषोत्तम न्यौपाने, बद्री पंगेनी, हेमन्त शर्मा, जीवन शर्मा, खुमन अधिकारी, शर्मीला गुरुङ, रुपक डोटेल रहेको कलाकार संयोजक ज्ञान प्रसाद न्यौपाने अनिशले  जनाए ।

 यसैगरी रामप्रसाद पाठक, यज्ञ सापकोटा, विष्णु कुमार गिरी, बिजय शाही, विक्रम परियार, माया गुरुङ, लोकनाथ सापकोटा, यस जिसी, सुजन लम्साल, ज्योती न्यौपाने, नबिन पौडेल, बाल कलाकार श्रेया थापा लगायतको प्रस्तुतीमा समेत रम्ने अवसर तहाँ मिल्नेछ ।

नेपाल कम्युनिष्ट पार्टी स्याङ्जा–काठमाण्डौ सम्पर्क मञ्चले यो जमघट गराउन लागेको हो । कार्यक्रम दिउँसो २ बजेदेखि राती ९ बजेसम्म चल्नेछ । कार्यक्रमलाई भव्य बनाउन तयारीलाई तिव्र पारिएको कलाकार संयोजक न्यौपानेले बताए  ।