स्पेनका अनन्तसँग प्रियंकाको प्रेमपाश (भिडियो सहित)


बार्सिलोना।जुन ४

जब फूलमा खेल्न थाल्छ शित,

जब मनमा शलबलाउछ प्रित

तिमि याद आउछौ…

जब दिन ढल्न थाल्छ रातमा

… प्रित तिमि याद आउछौ….

रियल लाईफमा नायिका प्रियंका कार्की आयुष्मान देसराजसँग गहिरो प्रेममा डुबेकी भएपनि अन्तत: उनलाई स्पेनका अनन्त लामिछानेको प्रेमपाश मिलेको छ। नायिका कार्की रिल लाईफमा भने लामिछानेको प्रेम डोरीमा बाधिएकी हुन्।  गायिका माण्डपी त्रिपाठीको प्रेमासक्त भाव सहितको नयाँ गीत “जब फूलमा” नायिका कार्कीको प्रेमपात्र लामिछाने बनेका छन्।

बिपिन आचार्यको शब्द तथा संगीत रहेको गीतलाई समन अधिकारीले निर्देशन गरेका हुन्। भिडियोमा नायिका कार्कीको एकोहोरो प्रियदर्शी भाव देख्न सकिन्छ। नृत्य र अभिनयमा रुचि राख्ने लामिछानेले चर्चित नायिकासँग स्क्रिन सेयर गर्न पाएकोमा खुशी ब्यक्त गरेका छन्। उनले भने,” नयाँ कलाकारहरुको लागि सम्भवत: यो नै ठुलो अबसर थियो जो मैले पाए,दख्खल नायिकासँग भिडियोमा डेब्यु गर्न पाउनु अहोभाग्य हो।”