एनआरएन बिज्ञ सम्मेलनमा नेपाल सरकारले सहकार्य गर्ने


गैरआवासीय नेपाली संघले आगामी अक्टोवरमा आयोजना गर्ने विज्ञ सम्मेलनको सहआयोजक नेपाल सरकार हुने भएको छ प्रवासमा हासिल गरेको ज्ञान, सीप तथा धन स्वदेशको विकास र समृद्धिमा केन्द्रित गर्ने उद्देश्यले गैरआवासीय नेपाली संघले आगामी अक्टोबर १२ देखी १४ सम्म काठमाडौंमा गर्न लागेको सो सम्मेलनको सहआयोजक नेपाल सरकार हुन लागेको संघका उपाध्यक्ष कुमार पन्तले वताए ।

गैरआवासीय नेपाली संघका संरक्षक जीवा लामिछाने, उपाध्यक्ष पन्त र प्रधानमन्त्री केपी शर्मा ओली बीच सोमवार भएको वार्ता पछि नेपाल सरकार सहआयोजक बन्न सहमत भएको हो ।गैरआवासीय नेपालीहरुको पहलमा पहिलो पटक नेपालमा आयोजना हुन लागेको सो सम्मेलन प्रति प्रधानमन्त्री केपी शर्मा अत्यन्त सकारात्मक र उत्साहित रहेको पन्तले जनाए । भेटकोक्रममा नेकपाका संसदीय दलका उपनेता सुवास नेग्वागं समेत सहभागी दिए ।
संघले स्थापनाकाल देखीनै नेपाल सरकारसंग सहकार्य गर्दै आएको छ । यसअघि सम्पन्न संघको अन्तराष्ट्रिय सम्मेलनको आयोजना समेत नेपाल सरकारले गर्दै आएको थियो ।