बनभोजमा रमाए स्पेनका कस्केलीहरु


बार्सिलोना/ कास्की समाज स्पेनले रमाईलो बनभोज तथा पिकनिक कार्यक्रम सम्पन्न गरेको छ। आईतबार बार्सिलोनामा स्पेनबासी कस्केलीहरु बीच समाजले कार्यक्रम सम्पन्न गरेको हो। कास्की समाज स्पेनको लोगो अंकित टिर्सट लगाएर सहभागीहरु नेपाली गीतसंगीतमा रमाएका थिए।

कार्यक्रम संयोजक तथा कास्की समाज स्पेनका उपाध्यक्ष बल बहादुर कार्कीले नेपाली खाना तथा गीत संगीतको माहोलले नेपालमा नै बनभोज गएजस्तो अनुभूति सहभागीहरुले गरेको भन्दै खुशी ब्यक्त गरे। समाजले चिट्ठा कार्यक्रम समेत सो अबसरमा गरेको थियो। अध्यक्ष केदारनाथ ढुंगानाले समाजको परिचयपत्र बितरणको सुरुवात समेत सोहि अबसरबाट गरिएको जानकारी दिए। नयाँ बर्षको उपलक्ष्यमा प्रकाशित भित्तेपात्रो समेत निशुल्क बितरण गरिएको थियो। कार्यक्रममा स्पेन स्थित संघ संस्थाका प्रतिनिधिहरुको समेत सहभागिता रह्यो।

गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य मुक्त बहादुर गुरुङ,राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष चिन्तामणी सापकोटा,कास्की समाज अन्तराष्ट्रिय समन्वय परिषद सचिव बिशाल ढुंगाना,समाजका संरक्षक दिलनाथ भण्डारी लगायतको उपस्थिति रहेको थियो।