बिश्वकपको बेला रियल म्याड्रिडमा अनुबन्धित स्पेनका प्रशिक्षक लोपेटेगी बर्खास्त


म्याड्रिड/ विश्वकप फुटबल सुरु हुन एक दिन बाँकी रहँदा स्पेनले प्रशिक्षक जुलेन लोपेटेगीलाई बर्खास्त गरेको छ । स्पेनले १ असारमा पोर्चुगलसँग पहिलो खेल खेल्दैछ । तर, त्यसअघि प्रशिक्षक बर्खास्तीमा परेका हुन् ।

स्पेनिस फुटबल फेडेरेसनले पत्रकार सम्मेलन गरी ५१ वर्षीय लोपेटेगीलाई बर्खास्त गरेको घोषणा गरेको हो । संघलाई कुनै जानकारी नदिई रियल मड्रिडसँग सम्झौता गरेकाले लोपेटेगीलाई बर्खास्त गरिएको उसले बताएको छ ।

स्पेनिस क्लब रियल मड्रिडले मंगलबार मात्र लोपेटेगीलाई नयाँ प्रशिक्षक नियुक्त गरेको घोषणा गरेको थियो ।‘मलाई थाहा छ यो निकै कठिन समय हो । र, मैले जे गरेपनि आलोचना हुन्छ’ अध्यक्ष लुइस रुबियल्सले भने ।