फर्नान्डो हेइरो बने स्पेनका नयाँ प्रशिक्षक


मड्रिड/ फर्नान्डो हेइरो स्पेनका राष्ट्रिय फुटबल टोलीका नयाँ प्रशिक्षक नियुक्त भएका छन्। स्पेनिस फुटबल संघले युलेन लोपेतेगीलाई प्रशिक्षकबाट बर्खास्त गरेको केही घन्टामै फर्नान्डोलाई प्रशिक्षक नियुक्त गरेको हो।

५० वर्षीय फर्नान्डो रियल मेड्रिडका पूर्वकप्तान हुन्। स्पेनले यसपालिको विश्वकपमा पहिलो खेल शुक्रबार पोर्चुगलसँग खेल्नेछ।यसअघि विश्वकप सुरू हुन १ दिन अघि स्पेनले आफ्ना प्रशिक्षकलाई पदबाट बर्खास्त गरेको थियो।

लोपेतेगीलाई मंगलबार मात्रै स्पेनिस क्लब रियल मड्रिडले विश्वकपपछि लागू हुने गरी प्रशिक्षक नियुक्त गरेको थियो।च्याम्पियन्स लिगको उपाधिमा ह्याट्रिक गरेको पाँच दिनपछि मे ३१ मा रियलका प्रशिक्षक जिनेदिन जिदानले राजीनामा दिएका थिए।