बुद्ध जयन्ती समारोह समिति कास्कीको पदास्थापन


पोखरा । बुद्ध जयन्ती समारोह समिति कास्कीको शनिबार पोखरामा पदास्थापन कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी विकास समितिका प्रमुख सागर धम्बले कार्यक्रमको उद्घाटन गर्दै पञ्चशिलको बाचनका साथै धर्मचर्चा तथा आनापान साधना अभ्यास गराएका थिए ।

निर्वाचन समितिका संयोजक शंकर गुरुङले समितिको निर्वाचित अध्यक्ष लालचन सहित १५ जना र अध्यक्षबाट मनोनित ८ जना सदस्यहरुको पदास्थापना गराएका थिए ।

सो अवसरमा जेष्ठ सदस्य बिरबहादुर गुरुङ, बौद्धअर्घौ सदनका अध्यक्ष भुवनसिं गुरुङ, धर्मशिला बौद्ध बिहारका अध्यक्ष कृष्णमान गुभाजु, त्रिरत्न विहारका अध्यक्ष मीन गुरुङलगाएतले वोलेका थिए ।

समितिका अध्यक्ष नरेन्द्रमान लालचनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कृष्ण तामाङले गरेका थिए ।