वडास्तरीय वाल मञ्च पोखरा ९ मा विक


पोखरा । पोखरा लेखनाथ महानगरपालिका–९ को आयोजनामा शनिबार भएको भेलाले सुमन विकको अध्यक्षतामा १७ सदस्यिय वडास्तरीय बाल मञ्च पोखरा लेखनाथ–९ गठन गरिएको छ ।

मञ्चको उपाध्यक्षमा सविना नगरकोटी, सचिवमा उषा खतिवडा, सहसचिवमा अस्मिता कार्की, र कोषाध्यक्षमा साहेल विक र सदस्यमा जया बास्तोला, आकृति रानाभाट, लिलु परियार, सुस्मिता परियार, अश्रु रानामगर, कविता खती, अस्विन श्रेष्ठ, रोशनी सुवेदी, लक्ष्मी गुरुङ, विपना परियार, साश्वत बज्राचार्य, विशाल कुमार रहेका छन् ।

बालहितकारी परियोजना नेपालले संयोजन गरेको उक्त कार्यक्रममा वडा नं. ९ का १३ टोल र ३ सामूदायीक विद्यालयका वाल क्लबका वालवालिकाहरुले आगामी कार्यकालका लागी कार्यसमितिको छनौट गरेका हुन् ।

सो अवसरमा वडा सचिव लोकदर्शन कोइराला, वडा सदस्य राममाया मानन्धर, गिता नेपाली, मुना वास्तोला लगाएतको उपस्थिति रहेको थियो ।

वडा अध्यक्ष रामराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमको संयोजन निमा गुरुङले गरेकी थिइन भने कार्यक्रमको सञ्चलन सुर्यबहादुर भण्डारीले गरेका थिए ।