बार्सिलोनाको एडुकाष्टिक स्कूलमा,नेपाली बालबालिकाहरुका बिशेष छुट


बार्सिलोना/ स्पेनको बार्सिलोनामा खुलेको एडुकाष्टिक स्कूलले ४ हप्ते समर कोर्षमा नेपाली बालबालिकाहरुको लागि बिशेष छुटको ब्यबस्था गरेको छ। अंग्रेजी भाषा कक्षा सिकाउँदै आएको स्कुलले आगामी २५ जुन देखि २० जुलाईसम्म बिशेष छुटमा भाषा सिकाउने ब्यबस्था गरेको हो। स्पेनको बार्सिलोनामा नेपालीहरुबाट संचालित स्कुलले नेपाली बालबालिकाहरुका लागि अंग्रेजी भाषामा समेत दख्खल बनाउने उदेश्य अनुरुप बिशेष छुट प्याकेज ल्याएको जनाएको छ।

स्कूलकी निर्देशक सारिका गिरीले अँग्रेजी भाषा कक्षाको अलवा अतिरिक्त क्रियाकलापहरु समेत हुने हुँदा बालबालिकाहरुको क्षमता र दक्षतामा समेत बृद्धी हुने बताउँछिन्। उनले भनिन्,” स्पेनमा रहेका नेपाली बालबालिकाहरु स्पेनिस भाषामा त  दख्खल हुन्छन् तर उनीहरुको लागि अन्तराष्ट्रिय अंग्रेजी भाषा समेत भबिश्यमा महत्वपूर्ण र उपयोगी हुने हुँदा हामीहरुले भाषा सिकाउँन कै लागि स्कूल संचालन गर्दै आएका छौ।”

हरेक हप्ता सोमबार देखि शुक्रबारसम्म बिहान ९ बजे देखि दिउँसो १ बजेसम्म बालबालिकाहरुको उमेर र क्षमता अनुसार भाषा पढाइने हुँदा बालबालिकाहरुका निकै उपयोगि हुने बिश्वास गिरीले लिएकी छन्।

एडुकाष्टिकमा जुनसुकै उमेर समूहका अंग्रेजी भाषा सिक्न चाहाने ईच्छुकहरुका लागि भाषा सिकाईने स्कूलले जनाएको छ। राम्रो सुबिधा,अनुकुल बाताबरणमा अंग्रेजी सिकाउनको लागि स्कुल खोलिएको निर्देशक गिरीको दाबि छ।

सम्पर्कका लागि

  • एडुकाष्टिक स्कूल
  • Avinguda de Sant Ramon nonat 34 ( 08028) Barcelona
  • फोन:-  653 083 856