प्रुडेन्सियल इन्स्योरेन्सद्धारा गरिबवस्तीमा झुल वितरण


पोखरा । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको १६ औं वार्षिकोत्सव अवसरमा शाखा कार्यालय पोखराले गरिब तथा विपन्न वर्गका परिवारलाई लत्ता कपडा र खाद्यान्न वितरण गरेको छ ।

कास्कीको लेखनाथस्थित पैतेडाँडाका गरिब तथा विपन्न वर्गका ५० घरधुरीलाई कम्पनीका क्षेत्रीय प्रबन्धक राजेश श्रेष्ठ र पैतेडाँडा टोल विकास समिति अध्यक्ष लक्ष्मी परियारले झुल सहित खाद्यान्न वितरण गरेका हुन् ।

अधिकांश दलित वस्ती रहेको सो गाउँका बासिन्दाहरुले गाउँ मै आएर गरेको सो सहयोगप्रति टोल विकास संस्था की अध्यक्ष परियारले आभार प्रकट गरिन् ।

वितरण समारोहमा इन्स्योरेन्स कम्पनीका प्रवीण गिरी र बाबुराम अधिकारी, पत्रकार ऋषिराम दाहाल, विजय नेपाल, अमृत सुबेदी र कृष्ण रानाभाट लगायत उपस्थित थिए । काठमाडौंमा प्रधान कार्यालय रहेको सो कम्पनीले देशभर ४१ शाखा छन् ।

कार्यक्रममा कम्पनीका क्षेत्रीय प्रबन्धक राजेश श्रेष्ठले कम्पनी र बिमाबारे जानकारी गराएका थिए ।
वीरगञ्जमा रजिष्टर्ड सो कम्पनी निर्जीवन बिमा कम्पनी हो ।