कृष्णटोलमा निशुल्क रक्त परिक्षण तथा सचेतना कार्यक्रम


पोखरा । एल. एन्ड बि. वाटर एन्ड बेभरेज उद्योगको उत्पादन हेप्पी प्रशोधित शुद्ध पिउने पानीको आयोजनामा पोखरा–९, कृष्ण टोलमा शनिबार निशुल्क रक्त परिक्षण तथा सचेतना कार्यक्रम सम्पन्न भयो।

पोखराको न्युरोडमा रहेकोे युनाइटेड रेफरल ल्याबोरेटोरी प्रालिको प्राबिधिक सहयोग रहेकोे उक्त कार्यक्रममा ३ सय २ जनाले सुगर, प्रेसर, थाईराईड लगाएतको स्वास्थ जाँच गराएका युआरएलका प्रबन्ध निर्देशक ठाकुर पन्तले वताए।

सो अवसरमा ग्यास्ट्रो केयरका पेट तथा कलेजो रोग विशेषज्ञ, वरिष्ठ फिजिसियन डाक्टर सुबास भट्टराईले मधुमेह, थाइराइड, रगतमा हुने खराब बोसोको बारेमा वताउँदै रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिने नै उत्तम उपाए भएको बताए।

कार्यक्रम संयोजक उत्तम जोशी, वडा सदस्य नन्दराम गिरिलगाएतले वडामा स्वाथ्य सम्बन्धि निशुल्क कार्यक्रम आउनु सकरात्मक भएको वताउँदै टोलवासीले फाईदा लिन सक्नुपर्ने वताए।

विशेष सहयोग गर्ने कृष्णटोल आमा समुह, कृष्णटोल विकास संस्था, पार्वतीटोल विकास संस्था, पार्वतीटोल आमा समुह, शिवटोल विकास संस्था र प्रगतिशील आमा समुहलाई सो अवसरमा प्रशंषापत्र प्रदान गरिएको हेप्पी पानीका प्रबन्ध निर्देशक लेखुराम खतीले बताए।

हेप्पी पानीका प्रबन्ध निर्देशक लेखुराम खतीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कृष्णटोल आमा समुहकी अध्यक्ष गोमा तामाङले र संचालन शिवटोल विकास संस्थाका सचिव पुर्णबहादुर गुरुङले गरेका थिए।