मादीका स्कुलहरुमा भित्तेपत्रिका प्रकाशन तालिम


पोखरा । कास्कीको मादी गाउँपालिका वडा नं. ८ र ९ मा रहेका विद्यालयमा वाल क्लबहरुलाई भित्तेपत्रिका प्रकाशन तालिम सम्पन्न भयो ।

नौलो घुम्ती नेपालको आयोजना तथा गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा भएको सो तालिममा हिमालय मावि गोर्जे, प्रभात आवि पाखुरीकोट, मिजुरे, सिद्ध आवि, पोसी र सरस्वती कुञ्ज आवि, गहतेका शिक्षक र वाल क्लबका सदस्यहरुको सहभागिता रहेको थियो ।

तालिमको सहजीकरण पत्रकार कृष्ण रानाभाट तथा नौलो घुम्ती नेपालका सामाजिक परिचालक अनिल नेपालीले गरेका थिए ।

सो अवसरमा प्रभात आवि पाखुरीकोटकी शिक्षिका पदममाया गुरुङ, सरस्वती कुञ्ज आवि, गहतेका शिक्षक राजकुमार गुरुङ, हिमालय मावि गोर्जेका शिक्षक रन्जन गुरुङ र सिद्ध आविका सुचना अधिकारी मिनबहादुर भट्टराईले तालिमको महत्वको वारेमा वोलेका थिए ।