ब्राजिल विश्वकप फुटबलको क्वार्टरफाइनलमा


बलियो टोली मेक्सिकोलाई पराजित गर्दै ब्राजिल विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा ब्राजिलले मेक्सिकोलाई २-० गोल अन्तरले हराएको हो । मेक्सिको त्यही टिम हो, जसले विश्वकपको आफ्नो पहिलो खेलमा नै साविकको विजेता जर्मनीलाई हराएको थियो ।

५१ औं मिनेटमा नेइमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । निर्धारित समयको खेल सकिन २ मिनेट बाँकी छँदा उनकै पासमा सब्सिच्युट फर्मिनोले गोल गरे ।