एनरिके बने स्पेनको नयाँ प्रशिक्षक


बार्सिलोनाका पूर्व प्रशिक्षक लुइस एनरिके स्पेनको नयाँ प्रशिक्षकमा नियुक्त बन्ने भएका छन् । विश्वकप सुरु हुनु अघिल्लो दिन लुलेज लोपेटेगी बर्खास्त भएपछि फर्नान्डो हिरेरोले जिम्मेवारी सम्हालेका थिए । तर, उनी स्पोट्र्स डाइरेक्टरकै पूर्व जिम्मेवारीमा फर्किन सहमत भएपछि नयाँ प्रशिक्षक नियुक्तिको बाटो खुलेको थियो ।

५४ औं प्रशिक्षकका रुपमा इनरिकले नियुक्त हुने पक्का भएको मार्काले जनाएको छ । बार्सिलोनाको प्रशिक्षक बनेको पहिलो सिजन नै च्याम्पियन्स लिग, ला लिगा र कोपा डेल रेको उपाधि दिलाएका उनले सन् २०१७ मा राजीनामा दिएका थिए ।