क्यान्सर पिडित रानाभाटलाई युरोपबाट सहयोग प्राप्त


पोखरा । स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिका वडा नं. ३ भाटखोला, दम्लाक निवासी पुर्णबहादुर रानाभाटका कान्छा छोरा २७ वर्षिय क्यान्सरबाट पिडित इश्वर रानाभाटको उपचारको लागि स्पेन निवासी कृष्णराम रानाभाटले बुधबार सहयोग रकम हस्तान्तरण गरे ।

समाजका केन्द्रिय सदस्य एवं विदेश विभाग संयोजक समेत रहेका कृष्णराम रानाभाटले स्पेनमा आफु सहित बिष्णु रानाभाट, हेमन्त रानाभाट, मनिता मिश्र रानाभाट, नेपालीनेपाली डटकमका सम्पादक बसन्त रानाभाट, सुरज रानाभाट, संगिता रानाभाट, सुनिल रानाभाट, बिजु रानाभाट, सुन्दर रानाभाट, सुभाष रानाभाट र राजेश रानाभाटबाट ३ सय ६२ युरोको नेपाली ४६ हजार एक सय ५५ रुपैयाँ सहयोग प्राप्त भएको वताए ।

त्यसैगरी भाटखोला निवासी हाल जापानमा रहेका संजिव रानाभाटको नेतृत्वमा जापानमा रहनुहुने रमेशकुमार सुनाम, सन्तोष रानाभाट, नबिन रानाभाट, र संजिव रानाभाटले जनही पाँच÷पाँच हजार र सिद्धार्थ गौतमले तिन हजार रुपैया सहयोग गरेका छन् ।

त्यस्तै वेलायत निवासी विमल गुरुङले १० हजार र अमेरिकामा वस्ने नारायण रानाभाटले पाँच हजार, महेश रानाभाटले बुटवलमा संकलन गरेको पाँच हजार रुपैया सहयोग प्राप्त भएको छ ।

घरको आर्थिक स्थिति कमजोर भएकोले विभिन्न संघसंस्था तथा व्यक्तिहरुले उपचारको लागि सहयोग गरेका छन्। क्या. हुमबहादुर रानाभाटको संयोजकत्वमा ‘इश्वर रानाभाट वचाउँ समिति’ गठन गरिएको छ ।

रानाभाट समाजको क्षेत्रीय अभिवेशनको आवसरमा ४२ हजार सहयोग संकलन भएको थियो । समितिले घरदैलो गरि एक लाख १८ हजार एक सय ७५ संकलन गरेको रकम पनि परिवारलाई हस्तान्तरण गरिसकिएको छ। हालसम्म दुई लाख त्रिपन्न हजार तिन सय तिस रुपैयाँ संकलन गरी परिवारलाई बुझाएको समितिका संयोजक रानाभाटले वताए ।

रानाभाट तथा भाट समाज नेपाल पुर्ब केन्द्रिय अध्यक्ष खड्गबहादुर रानाभाट, पश्चिमाञ्चल क्षेत्रिय समितिका अध्यक्ष चन्द्रबहादुर रानाभाट, पबित्र सहकारीका अध्यक्ष शिवबहादुर रानाभाट र सचिव गुप्तबहादुर रानाभाट लगाएतले रोग लाग्दैमा हतास र निरास नहुन विरामी र उनका परिवारलाई वताएका थिए ।

वैदेशिक रोजगारको सिलसिलमा मलेसिया पुगेका इश्वर रानाभाट खुट्टामा क्यान्सर लागेर नेपालमा उपचार गर्दै आएका छन् । दाईने खुट्टाको माजी औलामा क्यान्सर लागेकोले पहिल्यै काटेर फ्याकिएको छ । अहिले खुट्टा तिर सर्दै गइरहेकोले समस्या थप हुँदै गएको परिवारका सदस्यले वताए ।

सामान्य आर्थिक अवस्था भएका पुर्णबहादुर रानाभाटका कान्छो छोरा इश्वरलाई क्यान्सरको उपचारको लागि विभिन्न हस्पिटलमा लिएर हिड्दै दिनहरु वितेको वताए । उपचारको लागि हस्पिटलमा जाँदा कुनै ठाउँमा खुट्टा काट्नु पर्ने त कुनैमा औषधी सेवनले मात्रै पनि सन्चो हुने सल्लाह डाक्टरले दिने गरेका र उपचारको लागि भारत जानुपर्ने भएकोले पनि थप खर्च लाग्ने उनले वताए ।