नेशनल क्रियशनमा ५ दिने योग शिविर सम्पन्न


पोखरा । पतंजली योग नगर समिति, पोखरा लेखनाथ महानरपालिका कास्कीद्धारा संचालित ५ दिने वृहत योग विज्ञान शिविर शनिबार सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि पतंजली योग समिति प्रदेश नं. ४ का अध्यक्ष दिपकराज सिग्देल तथा विशेष अतिथि संगठन मन्त्री लक्ष्मण पौडेलले प्रशिक्षण दिनुका साथै योगको फाइदाको वारेमा वोल्नु भएको थियो।

सो अवसरमा प्रमुख योग प्रशिक्षकहरु प्रदेश नं. ४ का सचिव विश्वमणी तिवारी, नगर समिति अध्यक्ष मिठु शर्मा, महामन्त्री बालहरी वराल, सदस्यहरु छवि वास्तोला, विरेन्द्र सुनार, शोभा मिश्र अभिकारी, वन्दना वजिमय र कमला नापित लगाएतले प्रशिक्षण दिएका थिए ।

पोखरा ८ मिलनमार्गस्थित नेशनल क्रियशन एकेडेमीको सहकार्यमा भएको उक्त शिविरमा विद्यार्थी, अभिभावक, शिक्षकहरुको सहभागिता रहेको थियो ।

समापन कार्यक्रममा विद्यालयका प्राचार्य ज्ञानेन्द्रबहादुर थापाले आजका विद्यार्थी नै भविष्यका निर्माता हुन्। उनिहरुले पढाईको साथसाथै अतिरिक्त योग ध्यान व्यायाम प्रणायामको माध्यमबाट स्वस्थ, निरोगी र सकरात्मक सोचको विकास भइ सफल नागरिक वन्ने वताए ।

कार्यक्रम संयोजक तथा एकेडेमीकी शिक्षक सृजना आचार्यले पोखरामा यस प्रकारको नगरस्तरीय योग शिविर पहिलो पटक भएको वताउँदै योग निरन्तर गर्नुपर्ने वताईन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सृजना आचार्यले गरेकी थिईन।