विश्वकर्मा समाजको भवन सिलान्यास


पोखरा । विश्वकर्मा सेवा समाज कास्कीद्धारा निमार्ण गर्न लागिएको समाज घरको आईतबार सिलान्यास गरिएको छ ।
हिन्दु संस्कार अनुसार वटुकहरुले मन्त्रोचरण गरि समाजका पदाधिकारीहरुले सम्युक्त रुपमा भवनको सिलन्यास गरेका थिए ।

समाजका उपाध्यक्ष एवं भवन निर्माण समितिका आर्थिक संकलन संयोजक दशरथ सुनारले समाज घर बनाउने कार्य चुनौतिपुर्ण भए तापनि सबैको सानो सानो सहयोगले सजिलै पुरा हुने वताए ।

संस्थापक अध्यक्ष निर्मल दियालीले समाजको स्थापनाकालदेखि भवन निर्माणसम्मको उतारचढावका वारेमा वताउँदै र सहयोग दाताहरुलाई धन्यवाद दिएका थिए ।


समाजका सल्लाहकार दुर्गाबहादुर सुनार, उद्योगपती बाबुराम विश्वकर्मा, समाजसेवीहरु चन्द्रकिशोर गौतम, किशोर विश्वकर्मा, सिता पन्थी, महेन्द्र विश्वकर्मा, अमर विश्वकर्मा, किसान विश्वकर्मा लगाएतले सबै मिलेर नमुना समाज घर बनाउने वताए ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं. ७, घारी पाटन मा २ करोड ५० लाख जग्गा खरिद गरेर सोही जग्गामा समाजले करिब २ करोडको समाज भवन बनाउन लागेको समाजका संस्थापक अध्यक्ष तथा पोखरा लेखनाथ महानगरपालिका वडा नं. २८ का अध्यक्ष निर्मल दियालीले वताए ।

समाजका अध्यक्ष निर्मल दियालीको अध्यक्षतामा भएको कार्यक्रममा समापन तथा धन्यवाद ज्ञापन उपाध्यक्ष भविन्द्र विश्वकर्माले र संचालन रविन विश्वकर्माले गरेका थिए ।