कर्म फ्लाइटस् फाउन्डेशनद्धारा रुकुममा छात्रवृत्ति वितरण


Processed with VSCO with preset

पोखरा । रुकुम (पूर्व) को हिमाली गाँउपालिका पूथा उत्तरगंगामा अवस्थित मैकोटको श्री पूथा हिमालयन माविमा कर्मफ्लाइटस् फाउन्डेशन नेपाल पोखरा कास्कीको मैकोट छात्रवृत्ति कार्यक्रम लागू भएको जनाइएको छ ।

यस अन्र्तगत गत तिन महिनाको अवधिमा अति विपन्न, जेहेनदार अनाथ तथा अशहाय विद्यार्थी मध्येबाट स्थानिय निकायको समन्वय तथा विद्यालयको सिफारिसमा २५ जना त्यस्ता विद्यार्थीहरुलाई कम्तीमा तीन वर्षसम्म छात्रवृत्ति उपलब्ध गराउन संस्था र विद्यालय विच सम्झौता भए अनुसार गत असारको १५ गते फाउण्डेशनको टोली मैकोट पुगेर विद्यालयले आयोजना गरेको कार्यक्रममा ती विद्यार्थीहरुलाई अभिभावकको साथमा छात्रवृत्ति उपलब्ध गराएको प्रधानाध्यापक हस्तिमान पुनले बताए ।

छात्रवृत्तिको रकम आधा शैक्षिक सामाग्री, पोशाक लगायत र आधा नगद गरि प्रति विद्यार्थी दश हजारको दरले वितरण गरिएको थियो । मध्यपहाडी लोक मार्गको बाग्लुङ, बुर्तिबाङ, निसी, लुकुम  र काँक्री हुदै मैकोट पुग्न गाडीमा साढे एक दिन पुरै र टकसेरा नजिकै पिपलटुङबाट थप एक दिनको पैदल यात्रापछि पुगिने रमणिय मैकोट पहिलोपटक आइपुग्दा प्र.अ. लगायत यही बसेर पत्रकारिता गर्ने कर्मशही घर्ति मगरलाई गाउँमै भेट्न पाएकोमा संस्थाका कार्यक्रम निर्देशक प्रेमबहादुर कुँवरले आफू हर्षविभोर भएको  बताए ।

यद्यपी फाउण्डेशनले यस अघि यहाँ “एक विद्यालय, एक पुस्तकालय” स्थापना गर्न सहयोग गरिसकेको छ । सो कार्यक्रममा वडा प्रतिनिधी मग कामी, विव्यस सदस्य भरतराज पुन, इलाका प्रहरी कार्यलय मैकोटका इन्चार्ज हर्कवीर विष्ट, समाजसेवी आइतमान पुनलगाायतले शुभकामना मन्तव्य राख्दै दुरदराजमा रहेका बालवालिकाको शिक्षा दिक्षामा सहयोग पु¥याउने गरि सञ्चालित संस्थाको कार्यक्रमको सह्राना गर्दै शिक्षाबाटै यसै ठाँउले मुहार फेर्र्ने भएकोले सहयोगी हातहरु बढाईदिन आग्रह गरेका थिए ।

सो अवसरमा प्र.अ. हस्तिमान पुनले २५ जना विद्यार्थीलाई छात्रवृत्ति र विद्यालयलाई खेलकुदका सामाग्री प्रदान गरेकोमा मैकोटी जनताको तर्फबाट आफ्ना बालसखा प्रेम कुँवरले असल मित्रको सही उदाहरण दिएका वताए ।

कार्यक्रम पश्चात मैकोटका अगुवा, बुद्धिजिवी, कवि तथा शिक्षकहरुसँग संस्थाका प्रतिनिधी तथा विदेशी पाहुनाहरुले सांस्कृतिक तथा पर्यटकिय महत्व बोकेको मैकोटको बारेमा अन्तक्रिया समेत गरेका थिए ।

उतm अवसरमा विद्यालयमा निरन्तर सहयोग पु¥याउन र पर्यटनलाई समेत प्रवद्र्धन गर्ने गरि कर्मफ्लाइटस्ले गुरिल्ला टे«लमा आफ्ना सहयोगी यात्रा अगाडि बढाउने र हिमालय माविबाट शुरु गर्ने गरि “ठोस फोहोरमैला व्यवस्थापन तथा सरसफाई” सम्वन्धित पाठ्यक्रम मार्फत सहकार्य गर्न इच्छुक भएको कुरा पत्रकार एवं कवि कर्मशहि घर्तिले बताए ।