पोखराका पर्यटकिय क्षेत्रमा ओपन वाईफाई संचालनमा


पोखरा । पोखराका विभिन्न स्थानहरुमा ओपन वाईफाई सन्चालनमा छ।

पोखरामा यतिबेला साच्चिकै ओपन वाईफाई चलाउने वातावरण सिर्जना गरिरहेको छ, माईफाई कम्युनिकेशन प्रा.ली. काठमाडौंले। माईफाई कम्युनिकेशनले हालै मात्र पोखराको बिभिन्न ६ ठाँउमा ओपन वाईफाई सन्चालनमा ल्याएको छ।

पोखरा लेखनाथ महानगरपालिका भित्र लेकसाईडको तालबाराही मन्दिर परिसर र फुट ट्रयाक, पृथ्वीचोक, चिप्लेढुङ्गा, पोखरा टुरिष्ट बसपार्क तथा जनप्रिय क्याम्पस परिसरमा अहिले ओपन वाईफाई सुचारु अवस्थामा छन्।

ओपन वाईफाई अन्य सुचारु अवस्थामा रहेको वाईफाईहरु जस्तै प्रभावकारी रहेको पनि माईफाई कम्युनिकेशनका प्रबन्धक नवराज श्रेष्ठले बताए। प्रयोगकर्ताले पहिलो पटक आफ्नो मोबाईलको वाईफाई सेटिङमा गएर माईफाई जोन नाम रहेको एस–एस आईडीमा क्लिक गरी आफ्नो विवरण तथा सेक्युरिटी लेभलहरु पार गरी लगईन गर्न सक्नेछन।

डिजिटल प्रबिधिमा फड्को मार्दै गरेको टेक्नोलोजीकल संसारमा, नेपालीहरुलाई डिजिटल प्रविधियुक्त नेपालको आभाष दिलाउने उद्धेश्यले ओपन वाईफाई सन्चालनमा ल्याईएको हो। स्मार्ट टुरीजम तथा डिजिटल नेपाललाई फोकस गरी हाललाई पोखराका केही स्थानमा मात्र सन्चालनमा ल्याईएको ओपन वाईफाईलाई समयानुकुल, काठमाण्डौ, वालिङ तथा नेपालका अन्य स्थानहरुमा पनि सुचारु गर्ने श्रेष्ठले बताए।

अहिले पोखराको बिभिन्न सार्वजनिक स्थानमा सन्चालन भएको ओपन वाईफाई प्रयोगकर्ताको हकमा ३८४ केबीदेखी ५१२ केबीको अनुपातमा ईन्टरनेट उपलब्ध हुनेछ।