युभेन्ट्सलाई महत्वपूर्ण उपाधि दिलाउने रोनाल्डोको दावी


पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोलाई पहिलोपटक युभेन्ट्सले पत्रकार सम्मेलनबाट सार्वजनिक गरेको छ। युभेन्ट्सले रोनाल्डोलाई सोमबार सार्वजनिक गरेको हो। क्लबसँग सम्झौता गर्न रोनाल्डो आइतबार नै इटालीको टुरिन पुगिसकेका थिए।

युभेन्ट्स विश्वको उत्कृष्ट क्लब भएको दाबी गर्दै रोनाल्डोले आफू यहाँ आउनु करियरको महत्वपूर्ण कदम भएको बताए।‘मलाई अझै चुनौतीको सामना गर्न मन लाग्छ । म मेरो करियरको अर्को चुनौतीको समाना गर्न यहाँ आएको छु,’ रोनाल्डोले भने । रोनाल्डोले आफू छुट्टी मनाउन र रिटायर्ड खेल जीवन बिताउन इटाली नआएको स्पष्ट पार्दै क्लबलाई उपाधि दिलाएर छोड्ने दाबी गरे।’मलाई युभेन्ट्सले अवसर दिएको छ । म क्लबप्रति आभारी छौ । म जित्न चाहन्छु, म यहाँ उत्कृष्ट हुन चाहन्छु।’ आफू नयाँ चुनौतीको सामना गर्न इटालियन क्लब युभेन्ट्समा आवद्ध भएको स्पष्ट पारेका छन्।

युभेन्ट्ससँग नयाँ सम्झौता गर्न टुरिन पुगेका रोनाल्डोले सोमबार पत्रकार सम्मेलनमा बोल्दै आफू करियरको अर्को चुनौतीको सामना गर्न इटाली आएको बताएका हुन्।

रोनाल्डोले युभेन्टससंग हरेक सिजन ३० मिलियन पाउण्ड पाउने गरी चार वर्षे सम्झौता गरेका हुन्।पोर्चुगलका कप्तान रोनाल्डोलाई भित्राउन युभेन्ट्सले १०५ मिलियन पाउण्डमा तिरेको छ।