छोरेपाटन स्कुलमा कक्षा ११ का विद्यार्थीलाई स्वागत


पोखरा । पोखरा १७ छोरेपाटनमा रहेको छोरेपाटन माध्यमिक विद्यालयका विज्ञान संकायको कक्षा १२ मा अध्ययनरत विद्यार्थीले एक कार्यक्रम गरी कक्षा ११ विद्यार्थीहरुको स्वागत गरेको छ ।


सो अबसरमा नयाँ विद्यार्थीहरुलाइ कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्राचार्य लक्ष्मण थापाले अबिर लगाएर स्वागत गरेका थिए । उनले हाल विज्ञान सहित शिक्षा, मानविकी, व्यवस्थापन संकायमा पढाई भइ रहेको बताए । यस बर्ष कक्षा ११ मा छात्रा ४३ र छात्र ४० गरी जम्मा ८३ जना भर्ना भएका उनले वताए ।

कार्यक्रममा सहायक प्रधानाध्यापक वद्रीनाथ पहारी, फिजिक्स शिक्षक एकनारायण भण्डारी, केमिस्ट्री शिक्षक दर्शन पौडेल र धर्मराज भट्टराई, गणित शिक्षक उपेन्द्र पोखरेल, नेपाली शिक्षक गिरिधारी पोखरेल, जुलोजी शिक्षक प्रेमराज गौतम लगाएतले मन्तव्य राखेका थिए ।

कक्षा १२ कि छात्रा बिनिता सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा आकृति पनेरु, शंकर सुबेदी, सुजन काफ्ले र रश्मी क्षत्री, करिश्मा बिक, रक्षा गोदार लगाएतले बोलेका थिए ।