तीज गीत फुल फुल्योको भिडियो समिक्षा


पाेखरा – साहित्यकार एवं गायिका अम्बिका भण्डारीको स्वर तथा लयमा रहेको अम्बिका नेपालीको तीज गीत ‘फूल फुल्यो’ को भिडियो समीक्षा शनिबार पोखरामा सम्पन्न भएको छ । रेडियो सफलता १०३.४ मेगाहर्जको आयोजना तथा सम्झना सामाजिक सेवा समितिको विशेष सहयोगमा कार्यक्रम भएको हो। समीक्षा कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका उप सभामुख माननीय सृजना शर्माले फुल फुल्यो बोलको तीज गीतले हाम्रो मौलिकता झल्काएको भन्दै खुसी व्यक्त गरिन् । हिजो आजको गीतमा विकृती बढ्दै गएको बताउँदै त्यसलाई निरुत्साहित पार्न सवै जना आ आफ्नो तह र तप्काबाट लाग्नुपर्नेमा जोड दिनुभयो । समाजमा महिलाको अवस्थाको विश्लेषण तिज गितले गर्न खोजेको भन्दै समाजमा सचेतना फैलाउन गीतले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै संस्कृतिविद् डाक्टर जगन्नाथ रेग्मीले संस्कार र संस्कृतिमा धनी नेपालीहरुले पश्चिमा संस्कार संस्कृति अगाल्दै आएको बताउँदै दुख व्यक्त गर्नुभयो । फुल फुल्यो बोलको तिज गीतको लय र भाका तिजे भएको भन्दै आगामी दिनहरुमा पनि सामाजिक संस्कृति झल्किने भाका लाई प्रोत्साहन गर्न आग्रह गर्नुभयो । कार्यक्रम लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालले गायिका अम्विका भण्डारीको स्वर तथा लय लोक गायन तर्फ अत्यन्तै सुहाउँदो रहेको बताउनुभयो । कार्यक्रममा साहित्यकार तथा पत्रकार असफल गौतमले फुल फुल्यो गित र भिडियोको समिक्षा गर्नुभएको थियो । कार्यक्रममा महाकाव्यकार छन्दिका घिमिरे, लोक तथा दोहोरी गीतका प्रतिष्ठान गण्डकीका महासचिव सुरेन्द्र गुरुङ, मिलिजुली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मिनराज काफ्ले, हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङ्ग, सृजना माविका संस्थापक सिता पाण्डे, सम्झना सामाजिक सेवा समितिका अध्यक्ष सुनिता सेन्चुरी लगायतले बोल्नुभएको थियो । भिडियोको निर्माता भागवत् नेपाल हुनुहुन्छ ।

रेडियो सफलताका प्रबन्ध निर्देशक दुर्गा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन रेडियो सफलता १०३.४ मेगाहर्जका प्रमिला बरालले गर्नुभएको थियो ।