विरौटा साझा चौतारीको चार्टर उत्सव


राजाराम पौडेल, पोखरा – लायन्स क्लब अफ पोखरा विरौटा साझा चौतारीको चौथौ चार्टर उत्सव कार्यक्रम आइतबार पोखरामा सम्पन्न भएको छ । चार्टर उत्सवका प्रमुख अतिथि लायन्सका ग्लोबल एरिया लिडर बालकृष्ण बुर्लाकोटीले को विरौटा साझा चौतारीले स्थापनको छोटो समयमानै विभिन्न सामाजिक कार्यमा अग्रसर बन्दै बेग्लै पहिचान बनाएकोमा खुशी व्यक्त गरे । संस्थामा आवद्ध सदस्यको क्रियाशिलताले आगामी दिनमा समेत क्लबले डिष्ट्रिकमा आफुलाई अग्रपंत्तिमा उभ्याउन सफल हुने उनको भनाइ थियो । निवर्तमान डिष्ट्रिक गर्भनर धनराज आचार्यले संस्थापक अध्यक्षदेखि अन्य सबै लायन्स सदस्यको सामुहिक प्रयासमा क्लबले गर्ने गरेका कार्यको प्रशंसा गरे । उनले चार्टड नाइट कार्यक्रम बेलुकामा मात्र नभई चार्टर उत्सव अथवा चार्टर सेरमोनीका नाउँमा आफुलाई उपयुक्त्त हुने समयमा गर्न सकिने बताए ।

लायन्स क्लब अफ विरौटा साझा चौतारीका अध्यक्ष रजनी कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा फस्ट भाइस गर्भनर इन्दू लम्साल, सेकेन्ड भाइस गर्भनर मन बहादुर रोका, डिष्ट्रिक चिफ एडभाइजर धुर्व बहादुर श्रेष्ठ, डिष्ट्रिक डेपुटी डिपार्टमेन्ट चिफ बालकृष्ण बराल, डिष्ट्रिक एडभाइजर सुदिपराज ढुङ्गाना, विरौटा साझा चौतारीका संस्थापक अध्यक्ष एवं जोन चियर पर्सन दुर्गा कुमारी आचार्य, फेवा वेगनास चौतारीका संस्थापक अध्यक्ष एवं जोन चियर पर्सन सन्तोष घिमिरे, पोखरा सिर्जना चौतारीका अध्यक्ष जित बहादुर थापा गोपाल, विरौटा साझा चौतारीका प्रथम उपाध्यक्ष सावित्रा पौडेल, सचिव कल्पना अर्याल लगायतले लायन्स क्लब अफ विरौटा चौतारीको स्थापनाकालदेखि हालसम्म भएका गतिविधिको बारेमा भनाई राखे ।

सुर्योदय पार्टी प्यालेस विरौटामा भएको कार्यक्रममा एसईईमा उत्रिर्ण लायन्स क्लब अफ पोखरा विरोटा साझा चौतारीमा आवद्ध सदस्यका छोराछोरीलाई सम्मान समेत गरिएको थियो । आजभन्दा चारवर्ष अगाडी दुर्गा कुमारी आचार्यको अध्यक्षतामा लायन्स क्लब अफ विरौटा साझा चौतारीको स्थापना भएको थियो । क्लबमा विभिन्न क्षेत्रमा आवद्ध महिलाहरुको सम्लग्नता रहेको छ । क्लब अध्यक्ष रजनी कोइरालाले आफ्नो कार्यकालमा केही रचनात्मक कार्यक्रम गर्दै क्लबको गरिमालाई उचाइमा पु¥याउन हरसम्भव प्रयास गर्ने बताइन् ।