गाउँपालिकाहरुमा बालअधिकार सम्बन्धि ३ दिने तालिम सम्पन्न


पोखरा । बालअधिकार, बाल संरक्षण तथा बालविवाह सम्वन्धि सरोकारवालाहरुका लागि ३ दिने जन चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

असार ४ देखि ६ सम्म आयोजना गरिएको कार्यक्रममा कास्कीको मादी ८, ९ र ११, अन्नपुर्ण ४, ६ र ७ र माछापुच्छे्र ६ र ८ अवस्थित स्थानिय जनप्रतिनिधी, विद्यालयका व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ, आमा समुह, युवा क्लवका १४ पदाधिकारीहरुको सक्रिय सहभागितामा बालअधिकार, बालसंरक्षण तथा बालविवाह सम्बन्धि बालअधिकारको सुनिश्चितता, बालबालिकाहरुको संरक्षण तथा बालविवाहको अन्त्यका लागि चेतनामुलक कार्यक्रम संचालन गरिएको छ ।

गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा नौलो घुम्ती नेपालद्धारा संचालित कार्यक्रम केन्द्रिय बाल कल्याण समितिका स्रोत व्यक्ति बद्रीप्रसाद वाग्लेको सहजिकरणमा संचालित कार्यक्रम बालअधिकार, बाल संरक्षणको सुनिश्तिताकालागि केन्द्रिय तथा स्थानीय स्तरबाट अपनाउन सकिने प्रयास तथा भुमिकाका बारेमा जानकारी दिए ।

तालिमको समापन कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ वडा सदस्य नविन रानामगरले तालिमबाट बालअधिकार, बाल संरक्षणका बारेमा जानकार भएको र स्थानीय तहबाट पनि बालबालिकाका क्षेत्रमा आवश्यक कदम चाल्ने प्रतिवद्धता व्यक्त गरे ।

गुड नेवर्स इन्टरनेशनल जिल्ला कार्यालय कास्कीका प्रायोजन सेवा तथा बाल संरक्षण अधिकृत रामकृष्ण लामिछानेले कार्यक्रमबाट सिकेका कुराहरु समुदायमा कार्यान्वयन नभए सम्म कार्यक्रमको औचित्य नहुने भएको हुँदा कार्यान्वयनमा जोड दिए भने तालिमको समापन गर्दै नौलो घुम्ती नेपालका कार्यकारी निर्देशक राम शरण सेढाईले यस कार्यक्रम पश्चात बालअधिकारको पैरवी, बाल संरक्षणको सुनिश्चितता र बालविवाहको अन्त्यका लागि आआफ्नो समुदाय स्वयम् जिम्मेवार रहेको र यस कार्यमा आवश्य पर्न आउने सहयोगका लागि नौलो घुम्ती नेपाल सदैव सकारात्मक रहेको नौलो घुम्ती नेपालका शिक्षा विकास अधिकृत महेश विश्वकर्मा जानकारी दिए ।