राजदूत सहित १० चर्चित व्यक्तित्व सम्मानित


लन्डन । बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदी सहित १० चर्चित व्यक्तित्वहरु सम्मानित भएका छन्। नेपाल ब्रिटेन डट कमको ११ औ वार्षिकोत्सवको अबसरमा उनीहरु सम्मानित भएका हुन्। नेपाल ब्रिटेन डटकमले हरेक बर्ष व्यक्तित्व सम्मान गर्ने  परम्परालाई यस बर्ष पनि निरन्तरता दिएको हो।

सम्मानित हुनेमा डा. पदम सिम्खडा, टोल खाम्चा मगर,कृष्णकुमार राई,ज्ञाम गुरुङ ,दिपक श्रेष्ठ,मीनबहादुर गुरुङ,कमलराज खनाल ,कृष्ण ढकाल, जीव बेल्बासे र जसिता गुरुङ रहेका छन्। यस्तै मिडियाले आईएमइ समूहका हेमराज ढकाललाई उत्कृष्ट युवा उद्यमी सम्मानले सम्मानित गरेको छ।

लन्डनको ह्यारो फुटबल क्लबमा आयोजित कार्यक्रमका प्रमुख अतिथि सांसद डा. सूर्य पाठक र वेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले संयुक्त रुपमा उद्धघाटन गरेका थिए। एनआरएनए अध्यक्ष भवन भट्ट तथा पुर्ब अध्यक्ष जीवा लामिछानेले कार्यक्रम सफलताको शुभकामाना पठाएका थिए।

नेपाल ब्रिटेन डटकमका प्रधान-सम्पादक चिरन शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन रामशरण सिम्खडाले गरेका थिए।कार्यक्रम मार्फत जुटेको रकम स्पेनिस युवती आईना बार्का मार्फत हेटौडामा संचालन भएको स्कुललाई सहयोग गर्ने मिडियाले जनाएको छ।