पोखरा फेवा वेगनास चौतारीको वृक्षारोपण कार्यक्रम


राजाराम पौडेल, पोखरा – लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीको वृक्षारोपण कार्यक्रम सोमबार पोखरामा सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १७ सितापाइलामा रहेको पोखरावृद्धाश्रममा भएको कार्यक्रममा फलफुल तथा विभिन्न प्रजातीका विरुवा रोपिएका थिए ।

लायन्स क्लव अफ ३२५ वि १ नेपालका चिफ पिआरओ परमेश्वर बरालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरालले जहाँ आवश्यकता तहाँ लायन्स भन्ने लायन्सको अवधारणालाई अवगत गर्दै पोखरा वृद्धाश्रममा कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गरे । वर्षभरीनै रचनात्मक कार्यक्रम गरेर क्लबले डिष्ट्रिकमा आफ्नो बेग्लै पहिचान बनाउने विश्वास उनको थियो । क्लबले गर्ने हरेका कार्यक्रममा आफ्नो सहयोग रहने उनले बताए ।

लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीका संस्थापक अध्यक्ष एवं डिष्ट्रिक डेपुटी डिपार्टमेन्ट चिफ बालकृष्ण बरालले विरुवा रोपेसँगै बेला–बेलामा गोडमेल तथा संरक्षण गर्नूपर्नेमा जोड दिए ।


पोखरा वृद्धाश्रमका प्रमुख संरक्षक बसन्त केशव पराजुलीले क्लबले पोखरा वृद्धाश्रममा आएर हरिशयनी एकादशीको विशेष दिनमा वृक्षारोपण गरेकोमा खुशी व्यक्त गरे । रोपिएका विरुवालाई हुर्काउने र संरक्षण गर्ने प्रतिबद्धता उनको थियो । उनले हरिशयनी एकादशीको बारेमा समेत उपस्थितलाई अवगत गराएका थिए । क्लबका संस्थापक अध्यक्ष एवं जोन चियर पर्सन सन्तोष घिमिरेले नयाँ नेतृत्वको पद हस्तान्तरण पछिको पहिलो कार्यक्रम पोखरा वृद्धाश्रममा आयोजना गर्नुले निकै महत्व राख्ने बताए ।

फेवा वेगनास चौतारीका अध्यक्ष विधान गौतमको अध्यक्षतामा भएको कार्यक्रममा विरौटा साझा चौतारीका संस्थापक अध्यक्ष एवं जोन चियर पर्सन दुर्गा कुमारी आचार्य, पोखरा सिर्जना चौतारीका अध्यक्ष जित बहादुर थापा गोपाल, फेवा वेगनास चौतारीका द्धितिय उपाध्यक्ष शंकर पाण्डे, सचिव राजाराम पौडेल, कोषाध्यक्ष सागर बराल, कार्यक्रम संयोजक कृष्ण प्रसाद आचार्य लगायतले वृक्षारोपण कार्यक्रमको बारेमा भनाइ राखेका थिए ।


सो अवसरमा बोल्दै क्लब अध्यक्ष विधान गौतमले आफ्नो कार्यकालमा केही रचनात्मक कार्यक्रम गर्दै क्लबको गरिमालाई उचाइमा पु¥याउने कार्यको शुभारम्भ वृद्धाश्रमबाट गरेको बताए । आफ्नो कार्यकालमा आयोजना हुने हरेक कार्यक्रमलाई उत्कृष्ट बनाउने आफ्नो प्रयास हुने उनको वाचा थियो । वृक्षारोपण कार्यक्रममा पोखरा लर्नस एकेडेमीका शिक्षक तथा कक्षा १० मा अध्ययनरत विद्यार्थीले समेत सहयोग गरे । विक्रम सम्बत २०५३ सालमा स्थापना भएको पोखरा वृद्धाश्रममा ५४ जना वृद्धवृद्धा आश्रित रहेको वृद्धाश्रमका अध्यक्ष टिकाबहादुर भण्डारीले जनाए ।