मन्त्री अधिकारीद्धारा बुढानिलकण्ठको मुर्ति अनावरण


पोखरा । पोखरा–१७, छोरेपाटनमा रहेको गुप्तेश्वर महादेव गुफा परिसरमा निर्माण गरिएको बुढानिलकण्ठ भगवानको मुर्ति सोमबार पर्यटन मन्त्री रविन्द्र अधिकारीले अनावरण गरेका छन् ।


करिब २२ फुट लम्बाई, १२ फुट चौडाई र ६ फिट उचाइको उक्त मुर्ति उक्त सुर्खेतका मुर्ति वरिष्ठ मुर्तिकार तिलवीर सेन्चुरी र उनको टिमले बनाएको हो ।


गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष तुलसीराम वरालले र संचालन ऋषिराम वरालले गरेका थिए ।

अनावरण अगाडि छोरेपाटनदेखि पोखराका विभिन्न स्थानमा झाँकी सहितको कलश यात्रा गरिएको थियो ।