सिपमुलक व्यवसायीक तालिममा युवाको आकर्षण


कृष्ण रानाभाट/पोखरा । अहिले नेपालबाट दैनिक १५ सय युवा शक्ति बाहिरीरहेको तथ्याङ्ले वताउँछ । देशभित्र पनि दक्ष जनशक्तिको अभावमा रहेको छ । वेरोजगारीको दर बढ्दो अवस्थामा रहेको छ । यस्तो अवस्थामा पोखरा लेखनाथ–१७, छोरेपाटनस्थित एस.ओ.एस. व्यवसायिक तालिम केन्द्रले युवा लक्षित व्यवसायीक तालिम प्रदान गर्दै आएकोले युवाहरुको आकर्षण बढेको हो।

केन्द्रले विगत ४० वर्षदेखि तिव्बतीयन शरणार्थी र एस.ओ.एस. बालग्रामका युवायुवतीलाई मात्रै सीपसम्बन्धी तालिम दिदै आएको थियो । तर केही वर्षदेखि जो कोही नेपाली युवायुवतीलाई पनि सो तालिम दिने अवसर प्रदान गरेको केन्द्रका बरिष्ठ प्रशिक्षक मोहन केसीले वताए ।

हरेक वर्ष ६/६ महिनामा तालिम खुल्ने भएको यस तालिम केन्द्रमा यस वर्षको सुरुवातमा यहि साउन १६ गतेदेखी तालिम सञ्चालन हुने केन्द्रले जानकारी गराएको छ । टाढाबाट तालिम लिन आउने प्रशिक्षार्थीहरुको लागि न्युनतम शूल्कमा केन्द्रमै खान तथा आवासको समेत सुविधा रहेको केसीले वताए ।

केन्द्रले कारपेन्ट्रीमा ८ जना, इलेक्ट्रिकल्समा ८ जना, वेल्डिङमा ४ जना, इलेक्ट्रिोनिक्समा ८ जना, लेथ सेटर अपरेटर (टर्नर)मा ४ जना, कम्प्युटर सेक्रेटरियलमा २० जना र अटो मेकानिकमा ८ जना गरी ६० जनालाई तालिम दिने र हरेक तालिमको लागि छुट्टाछुट्टै वर्कसपका साथै तालिममा प्रयोग हुने सम्पुर्ण सामाग्रीहरुको व्यवस्था पनि गरेको छ ।

टाढाका विद्यार्थीहरु न्युनतम शुल्कमा त्यहि वसी विहानको समयमा क्याम्पस पढेर दिउँसोको समयमा तालिम लिन सकिनुका साथै केन्द्रमा ६ महिनाको आधारभुत तालिम लिए पछि व्यक्ति आफै स्वरोजगार हुन पनि सक्ने उनले वताए ।

अन्तराष्ट्रिय गैरनाफा मुलक सामाजिक संस्था भएकोले यस तालिम केन्द्रबाट तालिम लिएकाले वैदेशिक रोजगारमा समेत फाइदा लिन सक्नेछन्।