साइप्रसमा २८ बर्षिय नेपाली युवतीद्वारा आत्महत्या


बार्सिलोना/ घरेलु कामका लागि साईप्रस आएकी एक नेपाली युवतीले साईप्रसमा आत्महत्या गरेकी छन्। दमक, झापा स्थायी घर भएकी २८ वर्षिया निशा राईले आत्महत्या गरेकी हुन्।

१० महिना अघि देखि लार्नाकामा कार्यरत राईले जुलाई २० तारिख शुक्रबार आत्महत्या गरेको एनआरएनए साईप्रसले जनाएको छ। राईको शब ब्यबस्थापनका लागि इजरायलस्थित नेपाली दूतावास र साईप्रस स्थित अवैतानिक बाणिज्यदूतसँग समन्वय भईरहेको संघले सूचना जारी गरेको छ।सूचनामा घटनाको प्रकृति तथा आत्महत्या गर्नु पर्ने कारण बारे खुलाईएको छैन।