सामुदायिक सेवा केन्द्र पृथ्वी चोक शाखाको साधारण सभा सम्पन्न


पोखरा । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी केन्द्र पृथ्वी चोक शाखाको १८ औं बार्षिक साधारण सभा शनिबार विभिन्न व्यक्तिहरुलाई सम्मान गरि सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका गृहमन्त्री हरिबहादुर चुमानले उद्घाटन गर्दै प्रहरी समुदायसंग मिलेर कार्य गर्नु नै सामुदायिक प्रहरीको पहिलो कार्य भएको वताए ।

कार्यक्रममा प्रदेश सांसद बिन्दुकुमार थापा, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी नायव उपरीक्षक ओमबहादुर राना, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी केन्द्र कास्कीका अध्यक्ष बिष्णु बहादुर भट्टराई, वडा स्तरीय महिला समन्वय समिति ९ की अध्यक्ष दिलमाया गुरुङ, कृष्ण टोल विकास संस्थाका अध्यक्ष एवं लागु औंषध नियन्त्रण अभियान २०७४ का संयोजक लेखुराम खती लगाएतले वोलेका थिए ।

सभाले सचिव धर्मदत्त आचार्यले प्रस्तुत गरेका संस्थाको वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष विपिन अधिकारीले प्रस्तुत गरेका आर्थिक प्रतिवेदन सर्वसम्मत पास गरेको थियो ।

सो अवसरमा संस्थाको भवन वनाउन तथा मर्मतको लागि आर्थिक सहयोग गर्ने, अक्षयकोष स्थापना तथा अक्षयकोषमा आर्थिक सहयोग गर्ने तथा विभिन्न कार्यमा सहयोग गर्ने वोधराज कार्की, राजन गिरि, कृष्ण मान ठुसाजु, तारा ढकाल, लेखुराम खती, हिम बहादुर भट्टराई, शारदा कुमारी कार्की, सोमनाथ बास्तोला, हरिप्रसाद पाण्डे, बिष्णु माया श्रेष्ठ, कृष्ण बहादुर श्रेष्ठ, भण्डारी रेस्टुरेन्ट, दिपक ढकाल, शिब ढकाल, सुकबहादुर परियार, प्रसनि टंकप्रसाद पौडेल, प्रसनि होतबहादुर रोका लगाएत दर्जनौलाई सम्मान गरिएको थियो।

सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका अध्यक्ष जयराम अधिकारीको अध्यक्षता भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सुरेन्द्र श्रेष्ठले र संचालन सचिव धर्मदत्त आचार्यले गरेका थिए ।