ला ग्राण्डीका विद्यार्थी दरबारथोक एड्भरटाईजिङमा


पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नं. ७ सिमलचौरमा रहेको ला ग्राण्डी इन्टरनेशल कलेजमा एड्भरटाईजिङ एण्ड सेल्स मेनेजमेन्ट विषय अध्ययनरत विद्यार्थीहरुले दरबारथोक एड्भरटाईजिङ एजेन्सीको अवलोकन भ्रमण गरेका छन्।

उनिहरुले रिपोर्ट अन एड् एजेन्सी शिर्षकमा कार्यपत्र प्रस्ुुतत गर्नको लागि पोखरा लेखनाथ महानगरपालिका वडा नं. ९ न्युरोडमा रहेको उक्त एड्भरटाईजिङ एजेन्सीलाई रोजेका हुन्।

छैटौं सेमेस्टरमा अध्ययनरत छात्राहरु सृजना आचार्य र विन्दीया गुरुङले पोखरा मै आफुहरुले लिएको विषय अनुसारको फिल्ड भिजिट गर्न पाउँदा निकै लाभ भएको वताएका थिए । यस कार्यको लागि ला ग्राण्डीका प्राध्यापक विष्णु तिमिल्सिनाले सहजीकरण गरेका थिए ।

सो अवसरमा विद्यार्थीहरुले पोखरामा विज्ञापनको वजार, एजेन्सी र मिडियाको सम्बन्ध, कम्पनी र एजेन्सीविचको सम्बन्ध लगाएतको बारेमा जिज्ञासा राखेका थिए ।

पोखराको संचार क्षेत्रमा विसौं वर्ष कार्य अनुभव भएका संचारकर्मी कृष्ण रानाभाटले २०७२ सालदेखि संचालन गरेको दरबारथोक एड्भरटाईजिङ एजेन्सीमा गत वर्ष पनि सोही कलेजका ४ जना विद्यार्थीहरुले अवलोकन भ्रमण गरी रिपोर्ट तयार गरेका थिए ।