जापानीज कम्पनी रोटोको अन्तक्र्रया सम्पन्न


पोखरा । रोटो मेन्थोलेटम नेपाल द्वारा व्यवसायिक भेटघाट तथा अन्तरक्रिया सम्पन्न भएको छ ।

उत्पादन खुद्रा तथा व्यवसायीक व्यापारी माझ सम्बन्ध राम्रो र प्रोडक्टको बारेमा थप जानकारी दिने उदेश्यले आयोजना गरीएको कार्याक्रममा पोखराका व्यवसायीहरु सहभागी भएका थिए ।

जापनिज कम्पनी राटोको जसले नेपाल लगायत अन्य १२० देशमा आफ्नो उत्पादन बिक्री गरेको छ । कार्यक्रमका अध्यक्ष (नेपाल, बङ्गलादेश, भुटान) तीन देशका ब्रान्ड म्यानेजर प्रदीप मण्डलका अनुसार च्यजतय कम्पनीले २०१४ मा प्रोडक्ट पहिलो पटक नेपालमा भित्र्याएको थियो ।

सुरुको १ बर्ष काठमाडौँमा त्यसपछि पोखरा र अन्य ठाउँमा यसले आफ्नो प्रोडक्ट बिक्री गर्ने गरेको थियो । सर्जिकल क्षेत्रमा विश्वको टप उत्कृष्टमा पर्ने गरेको उनले बताए ।

२०१४ मार्चमा पहिलो पटक भित्रिएको यस प्रोडक्टले पहिलो बर्ष ८० लाखको व्यापार गरेको थियो भने बार्सिक आम्दानी वृद्धि हुँदै २० करोड सम्म पुर्याएको छ ।

अरू देश भन्दा नेपालबाट राम्रो प्रतिक्रिया पाइरहेको कारण रोटो कम्पनीले नेपालमा जति सक्दो बढी लगानी गर्न चाहेको जानकारी दिए । प्रदेश नं ४ गण्डकीमा यसका तिनवटा वितरणकर्ता छन । त्यसमध्य २ कस्मेटिक छन र १ मेडिसिन छ । कम्पनीले आफ्नो कस्मेटिक उत्पादनबाट जति राम्रो प्रतिक्रिया पाइरहेको छ, त्यति नै आफ्नो फर्मा कम्पनीबाट पनि पाइरहेको मण्डलले बताए ।

२०१२ मा विश्व रेकर्ड राख्न सफल एक कम्पनी पनि हो । प्रमुख अतिथि कास्की कस्मेटिक संघका अध्यक्ष जगदीश प्रसाद अधिकारी, विशिष्ट अतिथि कस्मेटिक संघका संस्थापक अध्यक्ष बिष्णु प्रसाद वास्तोला, अतिथि सौन्दर्य कर्मी शोभा गौतमले कार्यक्रममा आफ्ना भनाइ राखेका थिए ।