एनआरएनलाई राजनीतिक अधिकार दिनुपर्छ:- भट्टराई


बसन्त रानाभाट।बार्सिलोना

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गैर आवासीय नेपालीहरुलाई राजनीतिक अधिकार सहितको नागरिकता  दिनुपर्ने बताएका छन्। एनआरएनको ११ औ युरोपेली बैठकलाई आईतबार लम्जम्बर्गमा सम्बोधन गर्दै भट्टराईले यस्तो बताएका हुन्।

नयाँ शक्ति पार्टीका संयोजक समेत रहेका भट्टराईले भने,” संबिधानमा एनआरएनलाई आर्थिक,समाजिक,साँस्कृतिक अधिकार सहितको नागरिकता दिनु पर्ने उल्लेख गरेका छौ। राजनीतिक अधिकार दिने वा नदिने भन्ने प्रश्न छ तर मेरो व्यक्तिगत बिचार भन्नु हुन्छ भने राजनीतक अधिकार पनि दिईनुपर्छ। नेपाल पिडामा हुँदा यहाँ बसेर तपाईहरु रुनुहुन्छ भने किन नदिने ?  तर यो मेरो व्यक्तिगत बिचार हो यसमा सहमति नबन्न्न सक्छ।”

तर उनले संबिधानमा व्यबस्था भएको आर्थिक,समाजिक,साँस्कृतिक अधिकार सहितको नागरिकताका दिलाउन र कानुन बनाउन अन्तिम समयसम्म लड्ने प्रतिबद्दता ब्यक्त गरे। भट्टराईले थपे, “तपाईहरुलाई बिदेशमा आर्जन गरेको धन,ज्ञान,सीप,प्रबिधि नेपाल भित्राउन कसरी सजिलो हुन्छ,हामी त्यही ब्यबस्था गर्न तयार छौ।”

मुलुकमा रोजगारी दिन नसकेर बाहिर पठाएका युवाहरुलाई मुलुक फर्केर केहि गर्छु भन्दा ढोका बन्द गर्न नमिल्ने बताउदै उनले गैर आबासीय नेपालीहरुले गरेको प्रगतिको प्रशंसा समेत गरे। युरोपीय एनआरएनको प्रतिवद्धताः नेपालमा पर्यटक, ज्ञान सीप र लगानी भन्ने मुल नाराका एनआरएनको दुई दिने बैठक लम्जम्बर्गमा सुरु भएको छ।