पिसिएमका विद्यार्थीद्धारा वालगृहलाई खेलकुद सामाग्री प्रदान


पोखरा । पोखरालेखनाथ महानगरपालिका वडा नंं ३ नदिपुरमा रहेको पोखरा कलेज अफ म्योनजमेन्ट (पिसिएम) व्याच २०१४ बिहानी सत्रमा अध्ययरत विद्यार्थीहरुले मिसन एजुकेशनको सहकार्यमा स्याङजा जिल्लाको फेदिखोला गाउँपालिका वडा नं. १, मट्टिखानमा रहेको आमोर सेवा नेपाल बालगृहलाई शैक्षिक तथा खेलकुद सामाग्री प्रदान गरेका छन्।

बालगृहमा रहेका वालवालिकाहरुको लागि स्पिकर, फुटबल, क्रिकेट बल, क्यारम वोर्ड, टिसर्ट, किताबहरु लगाएतका सामाग्रीहरु वालगृहका अध्यक्ष कमला पराजुलीलाई हस्तान्तरण गरिएको सुनिल वरालले जानकारी दिएका छन् ।

कार्यक्रममा मिसन एजुकेशनका सहसंयोजक मिलन जिसीले तिन हजार पाँच सय वालगृहलाई सहयोग गरेका थिए ।

सो अवसरमा नेपाल मानव धर्म सेवा समिति ‘‘युथ विङ्ग्स’’ का अध्यक्ष ओमप्रकाश उपाध्याय, आमोर सेवा नेपालकी अध्यक्ष कमला पराजुली, नेप्कम्स कन्सल्टेन्सीका सन्तोष शाही, मिसन एजुकेशनका संयोजक धिरेन्द्र चौधरी र सहसंयोजक मिलन जिसीलगाएतले वोलेका थिए।

पिसिएमका छात्र आशिष गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सुमन देवकोटाले गरेका थिए ।