नमस्ते एजुकेशनको शाखा पोखरा न्युरोडमा


पोखरा । अष्ट्रेलियामा प्रधान कार्यालय रहेको नमस्ते एजुकेशन सर्भिसेजको पोखरा शाखाको सोमबार शुभारम्भ गरेको छ ।

प्रालिका प्रबन्ध निर्देशक एनआरएनए अष्ट्रेलियाका निवर्तमान अध्यक्ष सुरेन्द्र सिग्देलले शाखाको उद्घाटन गर्दै अष्ट्रेलियाका विश्वविद्यालय तथा कलेजहरुमा पढ्न चाहने पोखरा र आसपासका क्षेत्रका विद्यार्थीहरुको सुविधाको लागि पोखराको न्युरोडमा शाखा संचालन गरिएको वताए ।

अष्ट्रेलियामा २१ वर्ष, कोरियामा डेढ वर्ष र अमेरिकामा १ वर्षको कार्य अनुभव रहेको वताउँदै अहिले सम्म ९८ प्रतिशत सफलता प्राप्त मिलेको वताउँदै अब पोखरामै इच्छुक विद्यार्थीहरुलाई ILTS का कक्षाहरु संचालन, शैक्षिक परामर्श सेवा साथै भिसा प्रक्रियाका सम्पुर्ण कार्य गरिने सिग्देलले वताए ।

पोखराको पिएन क्याम्पसबाट वि.कम. उत्र्तिण गरेका सिग्देलले अष्ट्रेलियामा डिप्लोमा इन विजनेश मेनेज्मेन्ट, एड्भाण्सड् डिप्लोमा अफ हुमन रिसोर्स मेनेजमेन्ट साथै मकवरी विश्वविद्यालयबाट एम.कम. अध्ययन पुरा गरेको वताए ।

प्रधान कार्यालय सिड्नीमा रहेको भएता पनि नेपालका काठमाण्डौ, चितवनबाट कार्य हुदै आएकोमा अब पोखरामा सुरु भएको र बुटवलमा पनि छिट्टै शाखा संचालन गरिने योजना रहेको वताए । यस वर्ष अक्टोबर, नोभेम्बर, फेब्रुवरी मार्च सेसनको लागि इच्छुक विद्यार्थीहरुको लागि विभिन्न विश्वविद्यालयहरु तथा कलेजहरुमा विभिन्न विषयमा भर्ना गर्न सकिने उनले वताए ।