एनआरएनको १२ औ यूरोपेली बैठक ईटालीमा हुने


बार्सीलोना। गैरआबासीय नेपाली संघको १२ औ युरोपेली क्षेत्रीय बैठक तथा १० औ महिला सम्मेलन ईटालीमा हुने भएको छ। लक्जम्वर्गमा सोमबार सम्पन्न संघको दुई दिने बैठकले आगामी बर्ष ईटालीमा गर्ने निर्णय गरेको हो। यस्तै सन् २०२० मा आयरल्याण्डर २०२१ को बैठक फिनल्याण्डमा गर्ने निर्णय समेत भएको छ।

बैठक गर्नका लागि राष्ट्रिय समन्वय परिषद युके र बेल्जियमले पनि ईच्छा  ब्यक्त गरेका थिए। तर यस अघि दुवै मुलुकहरुमा बैठक सम्पन्न भईसेकाले नयाँ ईच्छुक मुलुकहरुलाई प्राथमिकता दिईएको संघले जनाएको छ।