युबरको बिरोधमा स्पेनमा ट्याक्सी आन्दोलन


बार्सिलोना। अमेरिकी कम्पनी युबरले स्पेनमा केही सस्तो भाडादरमा कारहरु थप गर्ने निर्णय गरेपछि स्पेनका ट्याक्सी चालकहरु आन्दोलित भएका छन्। चालकहरुले सडकमा नै ट्याक्सी तेर्साएर केहि दिन यता बिरोध प्रदर्शन गरिरहेका छन्। पर्यटकको को चाप बढिरहेको बेला स्पेनका बिभिन्न शहरहरुमा भएको आन्दोलनको कारण धेरै मानिसहरु प्रभावित भएका छन्।

स्पेनिस मिडियाका अनुसार यसैको कारण धेरैको बिमान छुटेको छ। संसारभर आफ्नो बर्चश्व राख्दै आएको युबर विरुद्ध यस्ता प्रदर्शनहरु अन्य मुलुकमा पनि हुने गरेको पाईन्छ। अन्तराष्ट्रिय संचारमाध्यमका अनुसार युबरको सेवा सस्तो र सजिलो हुने हुँदा धेरैको रोजाई बन्दै गएको छ।