आप्रवासन समितिद्वारा परराष्ट्रमन्त्री मार्फत सरकारको ध्यानआकर्षण


बार्सिलोना/ गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद अन्तर्गतको आप्रबासी उपसमितिले युरोपमा रहेका नेपालीहरुको समस्याबारे प्रतिबेदन तयार पारेको छ। समितिले युरोपका बिभिन्न देशहरुमा नेपालीहरुले भोगिरहेका समस्याहरु बारे रिपोर्ट तयार पारेको हो।  लक्जम्वर्गमा संघको ११ औ युरोपेली बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई प्रतिबेदन बुझाउँदै समस्या समाधानका लागि सरकारको ध्यान आकर्षण समेत गराएको छ।

समितिका संयोजक दीपक खरेल (स्पेन) ,सहसंयोजक नवराज पोखरेल (रोमानिया) को निर्देशनमा समिति सदस्य मित्र लाल पार्देले (पोल्यान्ड) बिभिन्न देशमा रहेका नेपालीहरुका समस्याहरुलाई समेटेर प्रतिबेदन गरेका थिए ।समितिका सल्लाहाकार डा. बोधराज सुबेदीले उक्त प्रतिबेदन लक्जेम्बर्गमा सम्पन्न युरोपियन भेलामा प्रस्तुत गरेका थिए।

यस्तो छ समितिले तयार पारेको प्रतिबेदन

युरोपमा नेपालीहरुको पृष्‍ठभुमी  समस्या र समाधानका उपायहरु

माननीय मन्त्री

श्री प्रदीपकुमार  ज्ञवाली ज्यू

 

श्री   अध्यक्ष

भवन भट्ट ज्यू

एन आर एन आई सि सि

श्री संयोजक ज्यू

युरोपियन एन आर एन भेला समिती २०१८

युरोपमा नेपालीहरुको पृष्‍ठभुमी

जुनबेला नेपालमा प्रजातन्त्रको उदय भयो त्यसपछि  नेपालीहरु लाहुरे हुने क्रम एशियामा मात्र सिमित भएन त्यसो त प्रजातन्त्रको उदय हुनु भन्दा अघि पनि नेपालीहरु बिदेश लाहुर जाने परम्परा थियो । तथापी प्रजातन्त्र आएपछि देश अवसरको खोजिमा नेपालीहरु बिभिन्न देशमा जाने क्रम जारी भो , विश्वका धेरै मुलुकहरुमा बसाइ सराइ हुने क्रम जारी भो । प्रजातन्त्रको उदयसँगै  बिभिन्न देशमा अवसर र प्रगतिको खोजिमा नेपालीहरु भौतारिए । त्यसो त आफ्नो माटोलाई अनि परिवारलाई चटक्कै छोडेर लाहुरे हुनुको पिडा शब्दमा मात्र व्यक्त गर्न सकिदैन । लाहुरे हुने क्रममा फाट्ट फुट्ट युरोपमा नेपालीहरु २०४६ भन्दा अघि पनि आएका थिए तर २०४६ पछि युरोपियन देशका हरेक मुलुकहरुमा नेपालीहरु ह्वात्तै बढे ।

अवसरको खोजिमा हिंड्ने क्रममा युरोपका  बिभिन्न भुभागमा नेपालीहरुको बसाइ दिन प्रतिदिन बाक्लिदै गएको अवस्था अहिले विद्द्यमान छ । अत : अब युरोपका नेपालीहरुबिना नेपाल र नेपाल बिना युरोपका नेपालीहरु परिकल्पना गर्न असम्भव भएको जानकारी गराउदछौ ।

युरोपमा बस्ने नेपालीहरुको माया जसरी आफ्नो देश नेपालप्रति छ त्यसै गरी नेपाल सरकारको पनि युरोपमा बस्ने नेपालीहरुको अवस्था बारेमा चासो होस् भन्ने हाम्रो चाहना हो ।

युरोपमा नेपालीहरु कसरी बसेका छन् त ?

अगाडि लेखियो कि अहिलेको ग्लोबलाइजेसनको जमानामा मान्छे अवसरको खोजिमा रहेकोले अहिले युरोपका बिभिन्न देशमा बस्ने नेपालीहरुको अधिकारिक तथ्यान्क नभएपनि  लाखौं नेपाली पुगेको भने यथार्थ जानकारी गराउन चाहन्छौ ।

त्यसो त हालैका दिनमा युरोपका बिभिन्न देशहरुमा  नेपाली कामदारहरुको आवश्यकता अत्यधिक रहेको कुरालाई नकार्न सकिदैन यो बारेमा नेपाल सरकारले चासो राख्ने हो भने अवश्य पनि धेरै सस्तो मुल्यमा  कामदार आउन सक्छन् । तर व्यक्ती व्यक्ती सबै एजेन्ट बनेर काम गर्दा धेरैले धेरै चर्को खर्च गरेर आएका खबरहरु प्रशस्त सुनिन्छ । नेपाल सरकार उदासिन हुँदा एकातिर युरोपको  श्रम बजार गुम्ने खतरा छदैछ अर्को तिर युरोपको नाममा धेरै व्यक्तिहरुले लाखौं करोडौ रुपैया डुबाउनु परेको अवस्था छ ।

अत यो बारे नेपाल सरकार आफ्नो वास्तविक धारणा बनाओस्  भन्ने आशा गर्दछौ ।

पोर्तुगलमा २० ह्जार नेपाली हरुको बसोबास गरेको अनुमान गरिन्छ , जहा बढि नेपाली त्यहा बढि समस्या भने जस्तै पोर्तुगल मा पनि त्यहि देखियो ! नेपालीहरु   टर्की , साइप्रस , पोल्याण्ड , चेक , रसिया हुन्दै युरोप छिर्ने को लहर अहिले सम्म उत्तिकै छ , नेपालमा देखाइने पोर्तुगल र स्पेनको रेसिडेन्ट कार्ड जाने बित्तिकै पाइने  र महिनाको २ लाख सम्म कमाइ हुने झुटा सपना बोकेर आएकाले पेपर बनाउन २-५ साल सम्म लाग्ने अनि कमाइ नेपाली ५० हजार पनि नहुने नेपालीहरु लाई दिने झुटा आश्वासनलाई कसरी हटाउन  सकिन्छ एन आर एन केन्द्र र सरकारको समयमै ध्यान जावस र पुरावोस भन्ने आग्रह हाम्रो हो ! हाल पोर्तुगल मा नेपालीहरुबाट नै नेपालीहरुको   श्रम शोषण भएको जानकारी पाइयो सरकारले तोकेको   मिनिमम तलब ५५० युरो भए पनि ३०० सम्म काममा लगाएको र १०-१४ घण्टा सम्म काम लगाएको  पाइयो , पेपर बनाउदा ३,४ हजार युरो सम्म लाग्ने कामको कन्ट्र्याक्टलाई १० हजार सम्म लिने  , खेतिपाति मा काम लगाउने एजेन्टहरुले नेपाली हरुको ठुलो श्रम शोषण भएको पाइयो , मान्छेलाई   दिने अनेक समस्या र शोषणलाई सम्बन्धित सबैको समयमै ध्यान गएर समस्याको वास्तविक समाधान लागोस् भन्ने हाम्रो आग्रह हो ।   !!!

–  युरोपमा भर्खर आउने नेपालीहरुको   अवस्था र नेपालीहरुको के कस्तो समस्या छ त्यो बारे यहाँ प्रस्तुत गर्दै नेपाल सरकारले यथाशिघ्र एउटा निती र कानुन बनाएर अगाडि बढ्न जोड्दार माग गर्दछौ ।

-नेपालमा गलत सुचना दिने यथार्थ जानकारी दिदा दिदै पनि कुनै कुरो नसुनी युरोप हो युरो फल्छ भन्ने भ्रम पालेर हिंड्ने । अनी युरोपमा हरेक देशमा युरो  चल्छ भन्ने भ्रम तर हरेक देशमा आफ्नै मुद्रा रहेको हुन्छ र हरेक देशमा युरो चल्दैन तर सुचना दिदा पोल्यान्ड जस्ता देशहरुमा युरोमा कमाइ हुन्छ भनेर धेरैले सूचना  दिने पारीपाटी । उदाहरणको लागि पोल्यान्डको महिनाको कमाइ २१०० ज्लोटी हो जुन युरोमा कन्भर्ट गर्दा झन्डै ५०० को हारा हारिमा हुन्छ ।

-कामको बारेमा राम्रोसित जानकारी न दिने जानकारी दिदा दिदा पनि कुनै पनि हालतमा युरोप छिर्ने सोच धेरैको हुने ।

-भाषा र काम सम्बन्धी ज्ञान नहुने आइसकेर जब काम गर्नुपर्छ तब बल्ल तनाबको बातावरण पैदा  हुने ।

– केही कम्पनी कागजमा  मात्र हुने तर वास्तविक रुपमा काम नहुने यस्तो किसिमको कम्पनिमा युरोपका केही देशका  सरकार पनि उदासिन भएको हुँदा समस्या पर्न गैरहेको छ । शुरुमा कागजको बाध्यता पछि फेरी कामको वाध्यता रहेको पनि छ ।  

– काम गर्नेहरुलाई   कामको बारेमा काम जानकारी हुने जसरी पनि लाख लाख पैसा कमाउने सोच नेपालमा  हुने अनि युरोपका बिभिन्न देशहरुमा हजारमा कमाउनु पर्दा र लगानी धेरै गरेर आउने हुनाले पनि समस्या निस्किएको छ ।

-कसैले व्यक्तिगत लोभ र लाभमा काम नगरिदिने धेरै समय वर्षौसम्म  झुलाएर राख्ने प्रब्रिती र कसैले राम्रोसित गर्दा गर्दै पनि सरकारले नै धेरै झुलाइदिएकोले   पनि समस्या पैदा भएको छ । – – कोही त संपर्कमा आउन नचाहने बातावरणको अवस्था पनि भएको छ ।

नेपालबाट आउने कामदारलाई गलत सूचना दिदै अरु देशमा पोर्चुगल स्पेन नर्वे बेल्जियम  जान प्रेरित गर्ने वा उनिहरुको कम्पनी काम गर्ने कम्पनी गार्हो महसुस गरी धेरै काम गर्दा पनि पैसा कमाउन नसकेपछि  मनोबैज्ञानिक असर परिरहेको छ । पोल्यान्ड जस्ता केही देशका कथित कागजे कम्पनिहरुले पनि आफ्ना कामदारहरु चाडै नै छोडुन् अरु देशमा भागेर जाउन् भन्ने भन्ने मानसिक्ताले केही समस्या  निकाल्ने काम कम्पनिहरुले पनि गरिरहेका छन् ।

– कसैले कम्पनिलाई थाहा हुँदैन सिधै अन्यत्र जान प्रेरित गरिरहेका हुन्छन्  । यहाँ सम्बन्धित एजेन्सिलाई दिनु पर्ने प्रोसेसिङ चार्जहरु बिचलियाहरुले नदिदा एजेन्सिहरुले कुनै सरोकार  नगरिदिने र कम्पनिलाई पनि केही जानकारी नदिएर बाहिर हिंड्ने गर्दा समस्या परिरहेको छ छ ।

– युरोपका बिभिन्न देशका  सरकारी नियम ध्यान नदिदा पनि समस्या परिरहेको छ ।

युरोपका बिभिन्न देशको आफ्नो देशको  कानुनलाई नेपालको कानुनसित दाज्ने गर्दा पनि समस्या  परिरहेको छ ।

– एजेन्सिलाई वकिल जस्तो मानेर काम हुन्छ भन्ने सोच्दा पनि समस्या परिरहेको  छ ।

एजेन्सिहरुले झुट कुरा गरेर मान्छेलाई ल्याउदा पनि समस्या  भएको छ ।

– स्पेन लगायत युरोपका बिभिन्न देशमा सानो कागजात बनाउन पनि इन्डिया दौड्नु पर्ने अत्यास लाग्दो अवस्था रहेको छ ।

-स्पेन जस्ता युरोपका बिभिन्न देशहरुमा व्यापार नितिको अभावले नेपाली सामानहरुको  बजार पाउन नसकेको अवस्था छ ।

 समाधानका उपायहरु

– नेपाल स्थित बिभिन्न देशमा भएका कन्सुलर सेवालाई चुस्त बनाउनु पर्ने जरुरी छ ।

युरोपका बिभिन्न देशका कागजातहरु प्रमाणीकरण  प गर्न इन्डिया जानु पर्ने अवस्थालाई अन्त्य गर्नु जरुरी छ र त्यो सेवा काठमान्डौबाट नै दिनु पर्ने गरी सम्बन्धित देशका सरकारसित पहल गर्नु जरुरी छ । एउटा सामान्य कागज प्रमाणीकरण गर्न इन्डिया गएर आउने जाने अनि बस्ने आदी खर्च  जोड्दा लाख पुगेको पनि कहालीलाग्दो अवस्था छ ।

– आफ्नो परिवारलाई भेट्नको लागि बिभिन्न देशका दुतावासहरुले दिने झन्झट र दु:खबारे छलफल चलाऊनु आवश्यक छ र यथार्थ कागजात पेस गर्नेलाई सजिलो अवस्था र झूट कागजात पेश गर्नेलाई बिशेष दन्डको नियम हुनु पर्ने देखिन्छ ।

– नेपालको छिमेकी मुलुकहरु  भारत इन्डियाका सामान्हरु निर्वाध रुपले युरोपका बजारमा बिक्री भईरहेको अवस्थामा नेपाली सामानहरु हस्तकला लगायत बिभिन्न मौलिक सामानहरुलाई युरोपमा सहज  रुपमा बजार व्यवस्थापन गर्नु जरुरी छ ।

चेक  रिपब्लिक साइप्रस जस्ता देशहरुमा मान्छे पठाउने र  फेरी त्यहा बाट युरोपको अरु देशमा पठाउने केही एजेन्सिहरुको खेती भएको सुनिन आएको छ । चेक् रिपब्लिक जस्ता देशहरुमा क्रोकोडाइल कम्पनिमा मान्छे पठाउने र त्यो मान्छे पठाएँ वापत १० देखी १२ लाख रुपैया लिने र फेरी त्यहाबाट पनि अरु देशमा कामदार लखेट्न प्रेरित गर्ने स्पेन पोर्चुगल जाओ भनेर फेरी त्यहा अरु कामदार लिने धन्दा गर्ने गिरोह सकृया भएको जानकारी प्राप्त भएको छ  यसबारे सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

– नेपाल सरकारकै माथिल्लो ओहोदामा रहेका व्यक्तिहरुको पनि साठ्गाठ हुने कुरा बिभिन्न समयमा सुनिदै आएको छ । यसबारे पनि सम्बन्धित निकायको ध्यान जावस् ।

बिभिन्न संस्थाको नाममा बिभिन्न देशमा बिभिन्न व्यक्तिहरु युरोप छिराउने धन्दा बारे पनि समय समयमा सुनिन आएकोले सरकारले सत्य तथ्य पत्ता लगाइ वास्तविक्ता अगाडि ल्याउनु जरुरी छ ।

-साइप्रसमा कामदारहरु घरायसी रुपमा आउने र त्यहा भर्खरै एक जना नेपाली महिलाले आत्महत्या गरेको खबर सुन्न आएको छ यो बारेमा पनि ध्यान जानु जरुरी छ ।

 

कुनै पनि वैदेशिक सम्बन्धी कारोबार अनलाइनबाट मात्र गर्न प्रेरित गर्ने निती सरकारले अवलम्वन गर्नु जरुरी छ ।  

-नेपाल सरकारले पोल्यान्ड पोर्चुगल लगायत बिभिन्न देशहरु सित  कुटनैतिक सम्बन्ध गरी सबल निती बनाउन जरुरी छ ।

– सिधा व्यक्तिलाई मनपरितन्त्र  गर्न रोक लगाउने । कसैले काम गरिहालेमा पारदर्शी तरिकाले सरकारी भ्याट तिरेर गर्न लगाउन जरुरी छ  ।

– सरकारी भ्याट तिरेर पारदर्शी  तरिकाले काम गर्दा एजेन्सिलाई समस्या आएमा त्यो जिम्मेवारको हक्दार सरकार पनि हुन जरुरी छ । ।

– जस्तो वर्क पर्मिट सरकारले दिने हो  त्यो वर्कपर्मिट कस्तो के कम्पनी भनेर मुल्याङ्कन गर्ने काम सरकारको पनि हो ।

  • नेपाल सरकारले पनि स्पस्ट निती बनाउने, बैदेशिक रोजगार सम्बन्धी गैर कानुनी ढंगले काम गर्ने संस्था व्यक्तीलाई निरुत्साहित गर्न असहयोग निती पनि शुरु गर्न जरुरी छ  । जस्तो १६ लाख तिरेर युरोप छिरे भन्ने दु:ख पाए भन्नेलाई पनि साबुक दिनु पनि पर्छ । शुरुमै समस्या उहीबाट न निकाल्न जरुरी छ । ।
  • नेपालमा बैदेशिक रोजगार सम्बन्धी हेल्प डेस्क  राख्न जरुरी छ ।

-युरोपका बिभिन्न देशमा  एक श्रम सहचारी राख्न जरुरी छ  ।

-बिभिन्न ठाउको अध्ययन गरी  सरकारले पनि स्पस्ट मापदण्ड तयार गर्न जरुरी छ ।

स्वास्थ्य क्षेत्रमा अनिवार्य इन्सुरेन्स हुनुपर्छ भन्ने चेतना दिरहन जरुरी छ ।  

युरोपको नियमबारे जानकारी गराउन समय समयमा अन्तर्कृया  जरुरी छ ।

युरोपमा  कुनै अधिकारिक नेपालीहरुको तथ्यान्क नभएकोले यो बिषयमा एन आर एन नेपाल सरकार सम्बन्धित दूतावासको सहकार्य हुनु पर्ने आवस्श्यक्ता  देखिन्छ ।

– कुनै पनि एजेन्सिले नेपालीहरु लिदा पारदर्शी रुपमा लिने र उनिहरुको सेवा शुल्क पारदर्शी रुपमा लिनुपर्दछ ताकी हरेक निकायलाई समन्वय गर्न सहज हुने बातावरण तयार गर्न जरुरी छ ।    

– कानुनी रुपमा दर्ता भएका एजेन्सिहरुले मात्र नेपाली कामदार लिन  पाउने व्यवस्था हुनुपर्दछ र पारदर्शी तरिकाले काम हुनुपर्दछ युरोपको सवालमा फ्री विजा फ्री टिकट भन्ने निती अव्यवहाँरिक  छ अत : सरकारले जिम्मेवार बहन गर्दै ट्याक्स नियम अनुसार आएको खन्डमा समस्या परेमा समस्याको समाधान सरकारी तवरबाट समाधान लिनुपर्दछ राम्रो तरिकाले काम गर्नेहरुलाई  ताकी कानुनी रुपमा सरकार सित पनि समन्वय् गर्न सजिलो हुन्छ ।

– युरोपका बिभिन्न देशबारे जानकारी दिने हेल्प डेस्क  हुनु पर्छ धेरै नियम कानुन थाहा नपाएर धेरैलाई समस्या भएको हुने गरेको छ । अनि एक दुई जना व्यक्तिबाट पुरै समस्या समाधान हुन्छ कि भनेर धेरै जटिल समस्याहरु  पनि थोपरिरहेका छन् तर शुरुमै आफु धेरै लगानी गरेर आउँदा सबै जानकारी पनि भन्न सक्दैनन अनी प्रमाण पनि हुँदैन । ती समस्याहरु त्यतिकै सेलाएर जान्छन्

– नेपाल सरकार र युरोप   सरकार बिचको समन्वय कुट्नितिक नियोग  हुनु जरुरी छ ।

– अवैधानिक कम्पनिको बारेमा बार बार जानकारी नेपाल  सरकार दुतावासलाई दिनु पनि जरुरी छ र नेपाल सरकारले चासो राख्नु पनि जरुरी छ ।  

युरोपमा रहेका बिहिन्न देशका नेपाली  दूतावासले बिभिन्न देशको परिस्थिती अनि नेपाली  बारेमा दुतावास नभएको ठाउँमा आँफै कम्तिमा वर्षको एक पटक कुट्नैतीक  रुपबाट आएर नियमन गर्ने गर्नुपर्दछ । नेपालीहरुको समस्या बारे नियोगहरुले पनि चासो राख्नु जरुरी छ ।   

– बिभिन्न देशमा  आउनेहरुको लागि सम्बन्धित देशको सामान्य भाषा सिक्नु पर्छ भन्ने सोचको बिकास गराउन पनि जरुरी छ । भाषाको कारणले युरोपमा धेरै नेपालीहरुलाई समस्या परिरहेको छ ।    युरोपमा अङ्रेजी चल्दैन । यसको लागि भाषा स्कूल आवश्यक र सरकारले पनि भाषालाई ध्यान दिने निती बनाउनु पर्छ जुन देशमा जाने हो त्यही देशको लागि ।

-नेपाल सरकारले बैदेशिक रोजगार सम्बन्धी चुस्त र व्यवहारिक निती लागु गरेर हरेक जनसमुदायलाई पालना गर्न कडाइ गर्न जरुरी छ ।

 

– समय समयमा सम्बन्धित निकायसित छलफल गरी वास्तविक  समस्या पत्ता लगाउन कामदार र कम्पनी बिचको कन्फेरेन्स पनि गराउनु आवश्यक छ  ।

स्पेन लगायत बिभिन्न देशहरुका नेपालीहरुले सानो कागजात बनाउनु पर्दा पनि इन्डिया दौड्नु पर्ने अत्यास लाग्दो अवस्था छ यो अन्त्य हुनु जरुरी छ ।  

एन आर एन लाई सुझाब

-एन आर एन सम्मेलनमा बिभिन्न समयमा मानव तस्करी हुन्छ भन्ने सुनिएको आवाजलाई चिर्न बिभिन्न सम्मेलनमा आउने पाहुनाहरु को को हुन् र को आउँदैछन त्यो बारे शुरुमै रिपोर्ट राख्ने ।

-को को पाहुनाहरु बोलाएको थियो उनिहरु नेपाल फिर्ती भए भएनन् त्यो बारे पनि कार्यक्रम  सकिएपछि समिक्षा बैठकमा प्रस्तुत गर्ने । -एन आर एन कार्यक्रममा आएका सम्पूर्ण पाहुनाहरुको रेकर्ड केन्द्रीय कार्यालयमा राखेर सार्वजनिक गर्नु जरुरी छ ।

  दीपक खरेल  स्पेन

एन आर एन आप्रवासी संयोजन समिती संयोजक

प्रस्तुतकर्ता :

डा बोध राज सुबेदी

आप्रवासी टास्कफोर्स एन आर एन समिति  सल्लाहाकार पोल्यान्ड

तयारीकर्ता :

मित्रलाल पार्दे

आप्रवासी टास्कफोर्स एन आर एन समिति सदस्य  पोल्यान्ड