यस्तो छ एनआरएनए स्विट्जरल्याण्डको प्रगतीबिबरण


बार्सिलोना/ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्विट्जरल्याण्डले आफ्नो प्रगतीबिबरण सार्बजनिक गरेको छ। लक्जम्वर्गमा सम्पन्न युरोपेली बैठकमा संघले बिबरण सार्बजनिक गरेको छ। संघको २०१७-१८ को प्रगति विवरण यस्तो रहेको छ। 

३० सेप्टेम्बर २०१७

स्विट्जरल्याण्डमा बसोबास गर्नु हुने संम्पूर्ण नेपाली दाजुभाई तथा दिदीहिनीहरु बीच बडादशैको शुभकामना आदान प्रदान गर्ने उद्देश्यका साथ नेपाली संस्कृति र परम्परालाई निरन्तरता दिंदै  गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्डले स्वीस नेपाली समाज संग सहकार्य गरि दशैं कार्यक्रम भव्यरुपमा सम्पन्न गर्यो।

०४ मार्च २०१८

नेपालको आर्थिक समृद्धिमा पर्यटनको महत्व भन्ने मूल नाराका साथ स्विट्जरल्याण्डका लागि नेपाल पर्यटन बोर्डका HPRR आङ तेन्जिङ शेर्पा र कमल भट्टले आयोजनामा स्विट्जरल्याण्डको Melchsee Frutt हिमालमा Snow and Fun कार्यक्रममा एन.आर.एन.ए. स्विट्जरल्याण्डको सहभागितामा कार्यक्रम सफलतापूर्वक सम्पन्न।

०६ फ्रेब्रुवरी २०१८

गैर-आवासीय नेपाली संघ स्विट्जरल्याण्डको आव्हानमा जेनेभा स्थित नेपाली नेपाली दूतावासमा, नेपाली राजदुताबास जेनेभा, एनआरएनए स्विट्जरल्याण्ड, स्विट्जरल्याण्डमा क्रियाशील नेपाली संघ संस्थाहरु, नेपाल पर्यटन बोर्ड, पत्रकारहरु र अन्य विभिन्न व्यक्तित्वहरुका बीचमा स्विट्जरल्याण्डमा आयोजना गरिने बार्षिक कार्यक्रमहरुको छलफल र तयारीको लागि  अन्तरक्रिया कार्यक्रम सम्पन्न।

११ फ्रेब्रुवरी २०१८

नेपालमा प्रत्येक दिन हुने सवारी दुर्गटनालाई केहि हद सम्म कम गर्ने उद्देश्य लिएर NRNA ICC को Task Force, SKI Road Safety 2020 ले पुस्तक छपाउनको लागि गरेको सहयोगको आव्हान लाई एनआरएनए स्विट्जरल्याण्ड बाट सहयोग गरेको छ।

१० मार्च २०१८

“प्रगतिका लागि सञ्चार“ “ Press for Progress” भन्ने मुल नाराका साथ गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्डका महिला संयोजक शुभ एल्मर लामाको सभापतित्वमा १०८ औं अन्तरराष्ट्रिय नारी दिवस सम्पन्न। उक्त कार्यक्रममा नेपाली दूतावास स्वीट्जरल्याण्डका महामहिम राजदूत दिपक धिताल प्रमुख आथिति, नारी समाज पोर्चुगल कि अध्यक्ष तथा एन आर एन महिला फोरम पोर्चुगल कि संयोजक सिता बराल एवं नारी समाज पोर्चुगल कि महासचिव मीना खरेलको विशेषको उपस्थिति रहेको थियो।

१० जुन २०१८

नेपालमा पर्यटन प्रवर्धन गर्ने उद्देश्य सहित “संस्कृति र मानव बीचको संगम विन्दू हिमालहरु” (Mountains: Connecting Cultures and Peoples) नामक कार्यक्रम सम्पन्न। उक्त कार्यक्रममा नेपालका लागि स्विट्जरल्याण्डका पूर्व राजदूत डा. थोमस गास प्रमुख आतिथि, स्विट्जरल्याण्डका लागि नेपाली राजदूत महामहिम दीपक धिताल, स्विट्जरल्याण्डका विभिन्न संघ-संस्थाका प्रतिनिधिहरु र नेपाली जनसमुदाय र स्विस नागरिकहरुको बाक्लो उपस्थिति रहेको थियो।

१० जुन २०१८

नेपालमा पर्यटन प्रवर्धन गर्ने उद्देश्य सहित “संस्कृति र मानव बीचको संगम विन्दू हिमालहरु” (Mountains: Connecting Cultures and Peoples) नामक कार्यक्रम सम्पन्न। उक्त कार्यक्रममा नेपालका लागि स्विट्जरल्याण्डका पूर्व राजदूत डा. थोमस गास प्रमुख आतिथि, स्विट्जरल्याण्डका लागि नेपाली राजदूत महामहिम दीपक धिताल, स्विट्जरल्याण्डका विभिन्न संघ-संस्थाका प्रतिनिधिहरु र नेपाली जनसमुदाय र स्विस नागरिकहरुको बाक्लो उपस्थिति रहेको थियो।