विद्यालय विपद् व्यवस्थापन सम्वन्धि तालिम सम्पन्न


????????????????????????????????????

पोखरा । कास्की जिल्लाका विभिन्न विद्यालयहरुमा विद्यालय विपद् व्यवस्थापन सम्वन्धि शिक्षकहरुका लागि २ दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ ।

गत सोमबार र मंगलबार २ दिनेसम्म संचालित तालिममा कास्कीको मादी गा.पा.वडा नं. ८, ९ र ११, अन्नपुर्ण गा.पा. वडा नं. ४, ६ र ७ र माछापुच्छे्र गा.पा. वडा नं. ६, ८ र ९ र पोखरा महानगरपालिका वडा नं. २३ का २६ विद्यालयका प्रधानाध्यपक तथा शिक्षकहरुका सक्रिय सहभागितामा विद्यालय विपद् व्यवस्थापन जनचेतना अभिवृद्धि सम्बन्धी प्रशिक्षक प्रशिक्षण तामिल संचालन गरिएको छ ।

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा नौलो घुम्ती नेपाल द्धारा संचालित कार्यक्रमको समापनमा तालिमका सहभागी हिमालय मा.वि. गोर्जेका शिक्षक दिपक पौडेलले “तालिम प्रभाकारी रहेको र तालिममा सिकेका सिकाइलाई विद्यालय विपद् व्यवस्थापनकालागि तयारी गर्ने प्रतिवद्धता व्यक्त गरे ।” कार्यक्रमको अन्तरालमा नौलो घुम्ती नेपाल काकार्यकारी निर्देशक राम शरण सेढाईले विपद अकस्मात हुने भएको हुँदा सदैव तयारी अवस्थामा रहनका लागि यस तालिमले थप सहजता प्रदान गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमको औपचारिक समापनमा बोल्दै GNI Nepal का कास्की जिल्ला संयोजक टुपेन्द्र खुलाल (बस्नेत) लेविपद् व्यवस्थापनका लागि स्थानीय सरकार र कार्य क्षेत्रका सरोकारवालाहरु सँग सहकार्य गरी कार्यमुलक योजना तर्जुमा गरी विद्यालयहरुमा सफल कार्यान्वयनकालागि यो तालिम सहयोगी हुने विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रमका अध्यक्ष तथा नौलो घुम्ती नेपालका निवर्तमान अध्यक्ष साथै सल्लाहकार समितिका समेत संयोजक श्री मेहरमान श्रेष्ठले सहभागीहरुलाई प्रमाण पत्र वितरण पश्चात यस तालिमले सहभागी शिक्षकहरुको सिकाईमा थप ईटा जोड्ने कार्य भएको र विपद् व्यवस्थापनमा आआफ्नो कार्य क्षेत्रमा आवश्यक कदम चाल्नकालागि उर्जा प्रदान गरे ।
उक्त तालिम प्रशिक्षण भगदत्त पौडेल र नौलो घुम्ती नेपालका शिक्षा विकास अधिकृत महेश विश्वकर्माको संचालनमा सम्पन्न भयो ।

२ दिने प्रशिक्षक प्रशिक्षण तालिमको सहजिकरण भगदत्त पौडेलले गरेका थिए भने समापन कार्यक्रमको संचालन नौलो घुम्ती नेपालका शिक्षा विकास अधिकृत महेश विश्वकर्माले गरेका थिए ।