संस्कृत माविका आवासिय विद्यार्थीलाई भोजन


पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नं. १, भिमकाली पाटनमा रहेको संस्कृत माविमा आवासिय रुपमा अध्ययन गर्ने विद्यार्थीहरुलाई एक दिनको भोजन सहयोग गर्ने दाता दिन प्रतिदिन आकर्षित हुँदै आएका छन् ।

शनिबार सञ्चारकर्मी कमल वराल र उनकी धर्मपत्नीले आवासिय रुपमा अध्ययनरत ४० जना बटुकलाई भोजन प्रदान गरेका थिए ।

वरालले आगामी दिनमा सहयोगलाई निरन्तरता दिदैं विद्यालय र विद्यार्थीेहरुको आवास तथा शैक्षिक क्षेत्रमा सहयोग गर्ने तथा सहयोगी मनहरुलाई प्रोत्साहित गर्ने वताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द नेपालीले पोखराको सबैभन्दा पुरानो स्कुल भएर पनि ओझेलमा रहेको संस्कृत माविलाई उत्कृष्ट विद्यालय वनाउन विभिन्न सुधारका कार्य गर्दै आउने क्रममा गुरुकुलमा वस्ने बटुकहरुलाई ३६५ दिन नै निशुल्क भोजन प्रदान गर्नेे विभिन्न दाताहरुको सहयोग स्विकार गरेको वताए ।

उनले भर्ना शुल्क पनि नलिइ विद्यार्थीलाई अध्ययन गराउँनुका साथै विद्यालय ड्रेस समेत निशुल्क प्रदान गर्दै आएको वताए । नेपालका कुनै पनि जिल्लाबाट अध्ययन गर्न इच्छुक वालकहरुलाई संस्कृत लगाएतको विषयको शिक्षा प्रदान गर्दै आएको पनि वताए ।

नेपाल ज्योतिष परिषद् प्रदेश नं. ४ का महासचिव ज्यो. कमल पौडेलले स्थानिय प्रकाशरमण अधिकारीले आफ्नो जन्मदिनको अबसरमा खाना खुवाईलाई सुरुवात गरेको भोजन सहयोग कार्यक्रममा हालसम्म १० भन्दा बढि पुगी सकेको वताउँदै विभिन्न आश्रमहरुलाई सहयोग गर्ने महानुभावहरुलाई भविष्यका कर्णधार वटुकहरु पढ्ने विद्यालयमा अवलोकन गरी भोजन सहयोग गर्न आग्रह गरेका थिए ।

दरबारथोक एड्भरटाइजिङ एजेन्सीका कृष्ण रानाभाटले राम्रो काम गर्नेलाई सबैले सहयोग गर्ने भएकोले हरेक काम कुरा पारदर्शि रुपमा गर्न व्यवस्थापन समितिलाई आग्रह गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द नेपालीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सहायक प्रधानाध्यापक श्रीकृष्ण सिग्देलले र स्वागत विद्यार्थी कृष्ण गौतमले गरेका थिए।