कृस्तीमा लागु औंषध सम्बन्धि प्रशिक्षण


पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नं. २१ स्थित रामदीमा रहेको राममन्दिर भवनमा लागु औंषध सम्बन्धि प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भयो ।

वडा अध्यक्ष खगराज आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्लबका सदस्य, आमा समुह, टोल विकास संस्थाका सदस्यहरुको सहभातिगा रहेको थियो ।

एक हाते युवा क्लबको आयोजनामा भएको सो प्रशिक्षण कार्यक्रममा छोरेपाटन चोकीका प्रमुख प्रहरी नायव निरिक्षक होतबहादुर रोकाले लागु औषधको परिचय, प्रकार, सेवन कर्ताको लक्षण, कानुनी व्यवस्थाको वारेमा प्रशिक्षण दिएका थिए ।

साथै छोरेपाटन चौकीको आयोजनामा पोलेमनपा वडा नं. १७ वाराही टोल विकास संस्थाका पदाधिकारी तथा सदस्यहरुलाई लागु औंषध सम्बन्धि वृत्तचित्र प्रदर्शन गरिएको पनि प्रनानि होतबहादुर रोकाले वताए ।