कालिका सामुदयिकद्धारा जिर्ण घर मर्मतको लागि सहयोग


पोखरा । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्र कालिकाको आयोजनामा मादी गाँउपालिका–५, मादीवेशी निवासी सुरबहादुर जि.सीलाई नगद सहयोग हस्तान्तरण गरिएको छ ।

८२ वर्षिय सुरबहादुर जि.सी.को जिर्ण अवस्थामा रहेको घर पुनः निर्माण गर्न आर्थिक अबस्था कमजोर भई नसकेको हुदाँ मर्मत गर्नको लागी सामुदायिक सेवा केन्द्र एवम सामुदायिक प्रहरी सेवा कालिकाको सक्रियतामा विभिन्न संघ सस्था एवम् ब्यक्तीहरुबाट संकलन गरिएको ५४ हजार तिन सय ११ रुपैयाँको चेक र नगद २५ हजार छ सय ८९ प्रदान हस्तान्तरण गरिएको छ ।

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पृथ्वीचोक केन्द्रबाट ११ हजार एक सय ११ रुपैया, माटेपानी केन्द्रबाट पाँच हजार दुई सय, जिल्ला समन्वय समिति कास्कीबाट पाँच हजार, चितेपानी ट्रस टिकाराम सापकोटाबाट १५ हजार, नारायण सापकोटाबाट १० हजार, बोधराज कार्कीबाट पाँच हजार, ज्ञानेन्द्र बजगाई र मादी गाउपालिका–५ का वडाध्यक्ष रतनबहादुर गुरुङबाट तिन÷तिन हजार, सोमनाथ बास्तोला, कमल सापकोटा लगाएतबाट सो रकम संकलन भएको थियो ।

चितेपानी ट्रसका संचालक टिकाराम सापकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मादी गाँउपालिका–५ का वडाध्यक्ष रतनबहादुर गरुङ, वडा सदस्यहरु पार्वती रानामगर र सोममाया नेपाली लगाएतको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा विभिन्न संघ संस्था, आमा समुह, युवा कल्वका पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहेको थियो ।
सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्र कालिकाका अध्यक्ष हुमनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वडा सदस्य पार्वती रानामगर र संचालन सुर्यबहादुर जिसीले गरेका थिए ।