शिक्षक सीप विकास फाउण्डेसनको अध्यक्षमा वास्तोला


पोखरा । पोखरामा विगत वर्षदेखि शिक्षक तालिम सञ्चालनार्थ स्थापित राष्ट्रिय शिक्षक सीप विकास फाउण्डेसन कास्कीको चौथो साधारण सभा तथा दोश्रो अधिवेसन शनिबार सम्पन्न भएको छ ।

अधिवेशनले विश्वराज वास्तोलाको अध्यक्षतामा ११ सदस्यिय कार्यसमिति निर्विरोध चयन भएका छन् । संस्थाको उपाध्यक्षमा विष्णु शर्मा तिमिल्सिना, सचिवमा प्रेमबहादु कुँवर, कोषाध्यक्षमा शोभा मिश्र अधिकारी, सहसचिवमा शशिधर वराल र सदस्यहरुमा डिल्लीराम अधिकारी, शिला थापा, रेखा गुरुङ त्रिपाठी, रक्षबहादुर क्षेत्री, श्रीकृष्ण अधिकारी र भिमप्रसाद न्यौपाने चयन भएका छन् ।

त्यसै गरी कार्यकारी सल्लाहकारमा शालिकराम अधिकारी र कुलप्रसाद अधिकारी, सल्लाहकारमा शिवलाल धिताल चयन भएका छन् । युवराज त्रिपाठीको संयोजकत्वमा गठित निर्वाचन मण्डलले संस्थाका पदाधिकारी एवं सदस्यहरुको निर्वाचन गरेको थियो। अध्यक्ष शालिकराम अधिकारी र सचिव प्रेमबहादुर कुँवरले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष विष्णु शर्मा तिमिल्सिनाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन छलफल पश्चात सभाले पारित गरेको थियो ।

संस्थाले आगामि दिनमा टिचर्स इन पोखरा आयोजना गर्नको लागि अधिवेसनले विभिन्न उपसमितिहरु गठन गरेको छ । डिल्लीराम अधिकारी संयोजक र सदस्यहरु शशी ढुंगाना र डिल्लीराम अर्याल रहेको श्रोत परिचालन उपसमिति, विश्वराज वास्तोलाको संयोजकत्वमा युवराज त्रिपाठी र नरेश तिमिल्सिना सदस्य रहेको टिचर्स इन पोखरा टिप उपसमिति गठन गरिएको सचिव प्रेम कुँवरले वताए ।

नवनिर्वाचित अध्यक्ष शिवराज वास्तोलाले त्रि.वि.वि. तथा त्रि.वि.वि.को आंगिक क्याम्पस फुलवारीमा रहेको शिक्षा क्याम्पस संग सहकार्य गरि वि.एड. कार्यक्रमलाई नयाँ ढंगले सशक्तिकरण गर्ने जस्ता उद्धेश्य रहेका वताए ।

संस्थाका अध्यक्ष शालिकराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष विश्वराज वास्तोलाले र संचालन सहसचिव युवराज त्रिपाठीले गरेका थिए ।