अनेरास्ववियु कास्कीद्धारा बाढी पिडितलार्ई घर हस्तान्तरण


राजाराम पौडेल, पोखरा,  अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन कास्की जिल्ला कमिटिले बिहिबार बाढी पिडितलाई घर हस्तान्तरण गरेको छ । गत २०७४ साउन २४ गते आएको बाढीका कारण घरबारविहिन बनेका माछापुच्छ« गाउँपालिका वडा नं. ५ रिभानका कमला परियार तथा डम्बर बहादुर परियारलाई तीन कोठे घर हस्तान्तरण गरिएको हो ।


नेपाल कम्युनिष्ट पार्टी नेकपा कास्कीका नेता विष्णु केसीको प्रमुख आतिथ्यतामा भएको घर हस्तान्तरण कार्यक्रममा माछापुच्छ«े गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष जुम बहादुर गुरुङ, वडा नम्बर ९ का वडाध्यक्ष दुर्गा बहादुर क्षेत्री, अनेरास्ववियु राष्ट्रिय परिषद सदस्य प्रतिक्षा पौडेल, पूर्व अञ्चल कमिटि सदस्य श्यामकृष्ण ढुङ्गाना लगायतले अनेरास्ववियुले गरेको कार्यको प्रशसा गरे ।



अनेरास्ववियु भुगोल जिल्ला कमिटि कास्की अध्यक्ष शेखर गौतमको अध्यक्षतामा भएको कार्यक्रममा पृथ्विनारायण क्याम्पस कमिटि अध्यक्ष राजन शर्मा पराजुली, अनेरास्ववियु कास्की उपाध्यक्ष लक्ष्मण तिमिल्सिना, सह–सचिव सञ्जय पौडेलले बोलेका थिए ।


हस्तान्तरण गरिएको घर निर्माण गर्न कुल ९ लाख ४७ हजार ६ सय रुपैयाँ खर्च भएको अनेरास्ववियु भुगोल जिल्ला कमिटि कास्की अध्यक्ष शेखर गौतमले जनाए । जसमा ५ लाख गाउँपालिका र घरधनीको लगानी रहेको थियो भने ४ लाख ४७ हजार ६ सय अनेरास्ववियु जिल्ला कमिटि कास्कीले सहयोग गरेको उनले बताए ।


कार्यक्रममा सहयोग गर्ने वडाध्यक्ष जुमबहादुर गुरुङ, राम्जी लामीछानेलाई सम्मान गरियो । कार्यक्रमकै अवसरमा निष्पक्ष मावि रिभानमा अध्ययनरत ३० जना विद्यार्थीलाई शैक्षिक सामाग्री तथा विद्यालयलाई खेलकुद सामाग्री समेत वितरण गरिएको अध्यक्ष गौतमले जानकारी दिए ।