खुमन र देबिको आवाजमा तीज गीत “दर खायो मायाले”


पोखरा – खुमन अधिकारी र देबि घर्तीको स्वरमा नमस्ते पोखरा ब्रोडकास्टिङ स्टुडियो प्रा.लि को प्रस्तुतिमा कलाकार दिनानाथ बाँस्तोलाले केही बर्षको अन्तरालपछि नयाँ तीज गीत दर खायो मायाले बजारमा सार्वजनिक गरेका छन् ।
कामको सिलसिलामा धेरै पुरुषहरु विदेश हुने र चाडबाडका बेला आफनो परिवरसँग नहुने बाध्यता ले चाडपर्वमा  विदेशबाट आफनो परिवारको अत्यधिक  सम्झना गरिएको गीतमा झल्किएको छ ।

तीजमा माईत गए नगएको कुरा माईतीमा दर खाए नखाएको प्रसंगमा विदेशमा भएका श्रीमानले पीर लिनु र स्वदेशबाट चाडबाडको बेलामा विदेशिएका आफनो श्रीमानले चाडपर्वमा केही खान पायो या पाएन भनेर चिन्ता लिईएको यथार्थतालाई उठान गरेर दिनानाथ बाँस्तोलाले शब्द सिर्जना गरेका हुन  भने लय सृजना पनि स्वयम दिनानाथ बाँस्तोलाको नै रहेको छ ।  कास्की बैदामताल ,एक्लै रहयो बर , होनीर पीपल बोटैमा जस्ता गीत बजार मा ल्याईसकेका दिनानाथ बाँस्तोला दर खायो मायाले नामक तीज गीतले दर्शक श्रोताको माया पाउनेमा आशा गर्दछन ।

गीतमा स्वर भरेका गायक खुमन अधिकारी भन्छन मैले गाएका धेरै तीजका गीतहरुमा यो गीत पनि समाजको यथार्थता चीत्रन गर्दै संस्कृति झल्काउने गीत बन्नेछ । गीतका गायिका देबी घर्तीले पनि यो गीतमा  श्रीमान श्रीमतीबीच अथाह माया देखिएको विचार व्यक्त गरेकी छन ।

धेरै म्युजिक भिडियोमा देखिसक्नुभएका नृत्य निर्देशक एंब मोडल होम सुनार निकै लामो समयपछि यो गीतमा देखा परेकाछन । उनलाई साथ दिएकी छिन चर्चित नायिका उषा खनालले । शिव फिल्मस को निर्माणमा रहेको  भिडियो मा   शिब विक को निर्देशन शम्भु चालिसेको छायाँङकन , रबिन बि.क र रमेश रसाईलीले   सम्पादन गरेका छन । गीतको रेकर्डिङ्ग एंव बजार व्यवस्थापन नमस्ते ब्रोडकास्टिङ स्टुडियो प्रा.लि का अध्यक्ष समेत रहेका संचालक छवि सुबेदी ले गरेका छन ।
https://www.youtube.com/watch?v=ETM-l7bfw1U