पोखरा लर्नसमा ह्यान्डबल


राजाराम पौडेल,  पोखरा- पोखरा लर्नस एकेडेमीमा तीन दिने ह्यान्डबल प्रतियोगीता आयोजना गरियो । तहगत तथा सदनात्मक रुपमा आयोजना गरिएको प्रतियोगीतामा आधारभुत तहमा निलो सदन प्रथम, रातो सदन द्धितिय भए । माध्यमिक तहमा समेत निलो सदन प्रथम र रातो सदन द्धितिय हुन पुगे । प्रतियोगीतामा कक्षा १ देखि १० सम्मका १६ टिमको सहभागीता रहेको थियो ।


विद्यार्थीलाई शारिरिक तथा मानसिक रुपमा अब्बल बनाउन प्रतियोगीताको आयोजना गरिएको विद्यालयका संस्थापक प्राचार्य विधान गौतमले जनाए । ह्यान्डबलको महत्व विद्यार्थीमाझ बढ्दै गएको उनको भनाइ थियो । विद्यार्थीलाई सहजीकरण ह्यान्डबल संयोजक तथा प्रशिक्षक कृष्ण प्रसाद लम्सालले गरेका थिए ।