सेफ्स फेडरेसनद्धारा सदस्यलाई स्वागत गर्दै प्रमाणपत्र प्रदान


पोखरा । सेफ्स फेडरेसन अफ नेपालले आफ्ना साधारण सदस्यहरुलाई शनिबार पोखरामा एक कार्यक्रमको आयोजना गरी स्वागत तथा सदस्यको प्रमाणपत्र प्रदान गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले कार्यक्रमको उद्घाटन गर्दै कुकिङ पेशालाई मर्यादित वनाउँदै लानु पर्ने वताउँदै आगामि दिनमा होटल संघले आयोजना गर्ने कार्यक्रममा सहभागी भई सहयोगको अपेक्षा गरेका थिए ।

सो अवसरमा रेवानका उपाध्यक्ष भिमसेन भुजेल, वरिष्ठ सेफ नरहरि अधिकारी, पोखरा वाटिका होटलका प्रबन्धक सुदन अधिकारीलगाएतले संस्थालाई आबश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सेफहरुले आफ्ना पाहुनाहरुलाई स्थानिय कृषि उत्पादनका परिकारले स्वागत गर्नुपर्ने वताएका थिए ।

संस्थाका सचिव राजकुमार लामा संस्थाको स्थापना गर्नुको उद्देश्य र आगामी कार्यक्रमहरुको बारेमा बोलेका थिए । संघका अध्यक्ष मुकेशकुमार गुरुङ, उपाध्यक्ष गोविन्द खनाल, सचिव राजकुमार लामा, कोषाध्यक्ष महेश श्रेष्ठ, सहसचिव लिला आले, सहकोषाध्यक्ष दामु देवकोटा र सदस्यहरु बाबुराम रेग्मी, कर्ण सुनार, दिपेन्द्र केसी र झम्कप्रसाद ढकाल लगाएत सम्पुर्ण ७४ जना सदस्यहरुलाई टिका, अविर र प्रमाणपत्र प्रदान गरिएको थियो ।

सेफ फेडरेशन अफ नेपाल अध्यक्ष मुकेशकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष गोबिन्द प्रसाद खनालले र संचालन प्रोफेसनल होस्ट देवेन्द्र एसकेले गरेका थिए ।